नेपालमा कोरोनाः ८ उपचाररत, १७५ रेड जोनमा, १२२ आइसोलेसनमा, ८ हजार ५८० क्वारेन्टाइनमा

  २०७६ चैत २६ गते १६:५८     विकासन्युज

काठमाडौं । सरकारले कोेरोना भाइरस ( कोभिड–१९) को उपचार तथा जोखमि न्युनिकरणका लागि प्रभावकारी काम गरेको बताएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधबारको नियमित ब्रिफिङमा सरकारले कोरोनाको जोखिम न्युनिकरणका लागि महत्वपूर्ण कार्य गरिरहेको बताएका छन् ।

हाल ८ जना कोरोना भाइरस संक्रमितहरुको उपचार विश्वस्वास्थ्य संगठनको मापदण्डमा रही गरिरहेको बताए । हालसम्म नेपालमा ९ जना काेराेना संक्रमित भएका छन् जसमा एक जना निकाे भएर घर फर्किसके पछि ८ जना मात्र उपचाररत छन् ।

उनले अहिले उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् । हालसम्म नेपालमा कोरोनाको आशंकामा १ सय २२ आइसोलेसनमा छन् भने ८ हजार ५ सय ८० जना क्वारेन्टिनमा बसेका छन् । त्यस्तै, उनले अहिलेसम्म कोरोनाको उच्च आशंका तथा आजसम्म १ सय ७५ जना रेड जोनमा रहेको ताए ।

सरकारले कोरोनाको जोखिम कमगर्न तथा सर्वसाधारणलाई सरकराको दायरामा ल्याउनका लागि दुई कलसेन्टर स्थापना गरेको उनको भनाइ छ । त्यसबाट हालसम्म कुल ३ हजार ३ सय ६ जनाको कल सम्बोधन भएको उनको भनाइ छ ।

एप र वेबसाइटमा इन्ट्रि भएका जिज्ञासालाई पनि सरकारले सम्बोधन गर्दै आएको उनले बताए । कोरोनाको न्युनिकरण तथा जोखिम कम गर्नको लागि सरकारले पीपीईको लागि कार्यविधि र शंकास्वदको व्यक्तिको उपचारको कार्यविधि बनिरहेको उनको भनाइ छ ।

यस्तै, कोरोना भाइरसको आशंकामा २ हजार ३ सय ६६ जनाको नमुना संकलन गरी परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कोरोना भाइरस आशंकामा हालसम्म एक हजार ९ सय ६५ जना परीक्षण गरिएको बताए । उनले काठमाडौ बाहिर चार सय एक जनाको नमुना संकलन गरेर परीक्षण गरिएको जानकारी दिए ।

“बुधबारसम्म देशैभरका अस्पतालका आइसोलेसनमा १ सय ३४ जना उपचाररत रहेका छन् । उनले हिजो बेलुकासम्म कैलाली र कञ्चनपुरमा १ सय ९८ जनाको ¥यापिट टेस्टकिट र पीसीआर मेसिनबाट गरिने स्वाब संकलन गरिएको बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.