बुधबारसम्म नेपालमा जम्मा २३ सय ६६ जनाको काेराेना परीक्षण

  २०७६ चैत २६ गते १६:३७     विकासन्युज

काठमाडौं । बुधबारसम्म नेपालमा जम्मा २३ सय ६६ को काेराेना परीक्षण भएको छ ।

कोभिड–१९ सम्बन्धि नियमित ब्रिफङमा बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका प्रवक्ता डा. विकास देवकोटाले अहिलेसम्म २३ सय ६६ जनाको कोरोना परीक्षण भएको बताएका हुन् ।

बुधबार साँझसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जनाको कुल १८ सय ६५ र उपत्यका बाहिर ४ सय १ जनाको कोरोना परीक्षण भएको उनले जानकारी दिए ।

यसरी हेर्दा मंगलबारदेखि बुधबारसम्म २ सय ४४ जनाको परीक्षण भएको देखिएको छ । केही समय अगाडीसम्म दैनिक १ सय स्वाब पनि परिक्षण नभएको अवस्थामा सातै प्रदेशमा ल्याब संचालनमा आएसी परिक्षण संख्या केही बढेको छ । यद्यपी यो संख्य अझै बढाउनु पर्न देखिन्छ ।

बुधबार अछामबाट ८ सय २ स्वाब, कैलाली र कन्चनपुरबाट १ सय ९८ स्वाब संकलन गरिसकेको देवकोटाले जानकारी दिए ।

हाल देशभर १ सय ३४ जना आईसोलेसनमा छन् भने ८ हजार ५ सय ८० जना क्वारेन्टिनमा रहेका छन् ।

बुधबार कुनै नयाँ संक्रमित थपिएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.