एनएलजी इन्स्योरेन्सको हकप्रद निष्काशनले निरन्तरता पायो, परिस्थिती सहज मात्र भएपछि बन्द गरिने

  २०७६ चैत २६ गते १२:२८     विकासन्युज


काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको हकप्रद निष्काशनले निरन्तरता पाएको छ ।

कम्पनीले फागुन २२ गतेका दिनदेखि चैत १२ गतेसम्म ६० प्रतिशत हकप्रद सेयर निष्काशन तथा बिक्री खुल्ला गरेको थियो । तर चैत १० गतेदेखि लकडाउन जारी रहेकाले उक्त सेयर निष्काशनको मिति थपेर चैत २७ गते बैकिङ्ग समयसम्म थप गरिएको थियो । त्यसपछि पनि लकडाउनको अवधि थप लम्बिएकाले हकप्रद निष्काशनको अवधि पनि थपिएको कम्पनीले जनाएको छ ।

यस निष्काशन कार्य हाललाई अर्को सूचना जारी नभएसम्मको लागि निरन्तरता दिइएको कम्पनीले जानकारी गराएको छ । नोबेल कोरोना भाइरस (कोभिड १९) को सम्भावित संक्रमण रोक्न मुलुकभर अत्यावश्यक सेवा बाहेकका अन्य सम्पूर्ण सेवा संचालनमा रोक लगाउने थप अवधिको घोषणा भएकोले लगानीकर्ताहरुको हितलाई मध्येनजर गरी यस कार्यलाई निरन्तरता दिइएको कम्पनीले जनाएको छ ।

परिस्थिती सहजभए पश्चात आवश्यकता हेरी नियमन निकायको स्विकृती लिई उक्त शेयरको सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला तथा बन्द सम्बन्धी सार्वजनिक सूचना प्रकाशित गरिने कम्पनीले जनाएकाे छ ।

कम्पनीले १० बराबर ६ को अनुपातमा प्रतिसेयर १०० रुपैयाँ अंकित दरको ३८ लाख ४२ हजार ४ सय ३७ कित्ता हकप्रद सेयर जारी गरिरहेको छ । कम्पनीले फागुन २६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज लि.मा कारोबार भई कायम साविक सेयरधनीहरुकालागि हकप्रद सेयर जारी गरेको हो ।

उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.