अब मोबाइल मै प्रभु टिभी, एक महिनासम्म सित्तैमा हेर्न पाइने

  २०७६ चैत २५ गते २०:१८     विकासन्युज

काठमाडाैं । हाल जारी रहेकाे लकडाउनकाे परिस्थतिमा नेपालीहरूले अब घरमै बसी बसी माेबाइलमै टिभी हेर्न पाउने भएका छन् । घरमा बस्दा बस्दा दिक्क मानिरहेका नेपालीहरूकाे हालकाे अवस्थालाई मध्यनजर गर्दै प्रभु टिभीले निःशुल्क टिभी हेराउने अफर ल्याएकाे हाे ।

प्रभु टिभीले हालकाे अवस्थामा नेपालीहरुलाई मनोरञ्जन तथा नयाँ नयाँ सूचनाकाे जानकारी दिने उद्देश्यले एनसेलसँग साँझेदारी गरी उक्त अफर ल्याएकाे हाे । यससँगै, एनसेलका प्रयाेगकर्ताले प्रभु टिभीकाे सम्पुर्ण च्यानलहरू एक महिनासम्म सित्तैमा हेर्न पाउने भएका छन् ।

जसका लागि एनसेलका प्रयाेगकर्ताले प्रभु टिभीको वालेटमा गई प्रभु टिभी ओटीटी एप डाउनलोड गर्नु पर्नेछ । सो एपमा नेपाली च्यानलहरु सहित विश्वभरका सबै किसिमका १ सय ५० वटा च्यानलहरु एचडी क्वालिटीमा हेर्न सकिने प्रभु टिभीले जनाएको छ ।

यससँगै उनीहरूले रमाइला रमाइला कार्यक्रमहरूकाे लाइभ हेरि लकडाउनकाे समय बिना दिक्दारीका साथ बिताउन सक्ने कम्पनीकाे विश्वास रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.