उद्योग परिसंघले कर्णाली प्रदेश र काठमाडाैंमा वितरण गर्याे राहत

  २०७६ चैत २५ गते १८:३६     विकासन्युज


काठमाडाैं । नेपाल उद्योग परिसंघले कोरोना भाईरसका कारण उत्पन्न विषम परिस्थितीसंग जुध्न विभिन्न तहमा आवश्यक खाद्यान्न सामाग्री वितरणलाई जारी राखेको छ । विविध कारणले खाद्य सामाग्री अभाव भएकाहरुलाई परिसंघले केन्द्र, प्रदेश सरकार तथा स्थानीय निकायसंग समन्वय गरि खाद्य सामाग्री उपलब्ध गराउने प्रयास गरिरहेको छ ।

आज एक कार्यक्रममा ‘कर्णाली प्रदेश उद्योग परिसंघ’का संयोजक टेक बहादुर भण्डारीले कर्णाली प्रदेशका मुख्यमन्त्री माननीय महेन्द्र बहादुर शाहीलाई राहत सामाग्री उपलब्ध गराएका छन् । एक हजार थान खाद्यान्न लगायतका सामाग्री रहेको प्याकेट प्रदेश सरकारले आवश्यकता अनुसार वितरण गर्ने छ ।

त्यस्तै, आजै काठमाडाैं महानगरपालिकाको भिमसेनगोला क्षेत्रका विपन्न परिवारलाई परिसंघका अध्यक्ष सतिशकुमार मोर तथा वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले खाद्यान्न समाग्री वितरण गरेका छन् । प्रदेश सभा सदस्य माननीय गणेश प्रसाद दुलाल, महानगर पालिकाका प्रमुख प्रशासकिय अधिकृत एकनारायण अर्याल, काठमाण्डौ जिल्ला प्रमुख अधिकारी जनकराज दाहाल तथा ३१ नं वडा अध्यक्ष नारायणप्रसाद भण्डारी लगायतकाको रोहवरमा दाल, चामल, नुन, तेल लगायत अन्य अत्यावश्यकीय सामाग्री रहेका प्यकेटहरु वनाई हस्तान्तरण गरिएको हो ।

परिसंघले नेपालका सवै प्रदेश लगायत काठमाडाैं, ललितपुर तथा भक्तपुरका विभिन्न स्थानहरुमा यस्ता राहत सामाग्रीहरु उपलब्ध गराउदै आएको छ ।

यस्तो विषम परिस्थितीमा आफ्ना सदस्य प्रतिष्ठानहरुलाई दैनिक उपभोग्य वस्तु तथा अत्यावश्यकीय सामानहरुको उत्पादनलाई निरन्ता दिदै सोको आपुर्ति व्यवस्थालाई दुरुस्त राख्न समेत आर्दिक आग्रह गर्दछ । यस्ता कारखाना तथा उद्योग संचालनमा सहजता ल्याउन त्यहाँ काम गर्ने मजदुर तथा कर्मचारीको आवागमनलाई समेत सहज गराउन सम्बद्ध सवैमा अपिल गर्दछौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.