लकडाउनमा टेलिकमः ३० प्रतिशत घट्याे भ्वाइसकल, ४० प्रतिशतले बढे इन्टरनेट चलाउने

  २०७६ चैत २५ गते १५:५४     विकासन्युज

काठमाडौं । सरकारले देशलाई लकडाउन घोषणा गरेसँगै सम्पूर्ण व्यवसायहरु ठप्प बनेका छन् । लकडाउनको समयमा सरकारले अत्यावश्यक सेवालाई सुचारु राख्न निर्देशन दिएपनि तिनीहरुमा व्यापार भने उल्लेख्य भएको छैन ।
सर्व साधारणहरु घरभित्रै भएकोले पनि अर्थतन्त्र चलायमान हुन पाएको छैन ।

नागरिकहरुका लागि सबैभन्दा अत्यावश्यक सेवा भनेको सुचना तथा सञ्चार हो । अआजभोली लकडाउनको समयमा धेरै मानिसहरु मोबाइलकै साहारमा दिन कटाइरहेका छन् । देश लकडाउन भएकोले पनि सबै घरमा छन् । टेलिकमका अनुसार अहिले फोन गर्ने अर्थात भ्वाइसकल गर्ने ग्राहकको संख्या ३० प्रतिशतले घटेको छ । लकडाउन हुनु भन्दा पहिलेको तुलनामा अहिले सो संख्या घटेको हो ।

नेपाल टेलिकमका कार्यकारी निर्देशक डिल्लीराम अधिकारीले यो अवधिमा भ्वाइसकल गर्ने ग्राकहको संख्यामा ३० प्रतिशतले कमि आएको बताए । ‘पहिले घर परिवार एक आपसमा टाढा हुन्थे, अहिले सबै सँगै छन्, पहिले व्यापारी पनि धेरै कल गर्थे, अहिले त्यो संख्या पनि घटेको छ, त्यसकारण पनि भ्वाइसकल घटेको हो,’ उनले भने ।

इन्टरनेश्नलकल भ्वाइसकल र रोमिङ नै टेसलिकमका मूख्य आम्दानीका स्रोत भएकोले ती नै अहिले घटेपछि विजनेश पनि नभएको उनले बताए । अहिले इन्टरनेट डेटा डिमाण्ड भने ३० देखि ४० प्रतिशतसम्म बढेको उनले बताए । तर, नेपाल सरकारले २५ प्रतिशत छुट दिनु भन्ने निर्देशन दिएसँगै डेटामा पनि आएको फाइदा डिस्काउण्टमा जाने गरेको उउनको भनाइ छ।

अहिले नेपाल टेलिकमले डाटा शुल्क ३० प्रतिशतसम्म घटाएको उनले बताए । सरकारले चैत्र १६ गते इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई २५ प्रतिशत शुल्क घटाउन निर्देशन दिएपछि टेलिकमले ३० प्रतिशतसम्म शुल्क घटाएको जनाएको छ । जीएसएम मोबाइल डाटा सेवाको आधारभूत दरमा ३० प्रतिशत र सीडीएमए मोबाइल डाटा सेवाको आधारभूत दरमा २७ प्रतिशत छुटको व्यवस्था गरेको उनको भनाइ छ ।

नयाँ व्यवस्था अनुसार जीएसएम मोबाइल डाटा र सीडीएमए मोबाइल डाटामा प्रतिएमबी कर सहित महसुल क्रमशः ९० पैसा र ५१ पैसा पर्ने टेलिकमले जनाएको छ । यसैगरी कम्पनीकै नेटवर्क भित्र भ्वाइस कल गर्न जीएसएम र सीडीएमए सेवामा हाल उपलव्ध भ्वाइस प्याक खरिद गदा चैत्र २० देखि २६ गतेसम्म लागू हुने गरी ५० प्रतिशत छुट उपलव्ध गराउने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.