पुर्नबीमा कम्पनीको आईपीओ बाँडफाँड भोलि, कहाँ र कति बजे ?

  २०७६ चैत २५ गते १०:२३     विकासन्युज


काठमाडौं । नेपाल पुर्नबीमा कम्पनीको आईपीओ भोलि(चैत २६ गते बुधबार) बाँडफाँड हुँदै छ । उक्त आईपीओको बाँडफाँड भोलि बिहान साढे ७ बजे टेकुस्थित राष्ट्रिय वाणिज्य बैंककाे भवनमा हुने सेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत बद्री प्याकुरेलले बताएका छन् ।

‘लकडाउन २५ गतेसकिन्छ भनेर लकडाउन पछि मात्र बाँडफाँड गर्छौं भनेका थियौं । तर लकडाउन थप ८ दिनको लागि लम्बिएकाले भोलि नै सेयर बाँडफाँड गर्न लागेका हौं ।’- उनले विकासन्युजसँग भने- ‘लगानीकर्ताको रकम लामो समयसम्म होल्ड भइसकेकाले लकडाउन भएपनि सेयर बाँडफाँड गर्न लागिएको हो ।’

कम्पनीले चैत ४ गतेदेखि एक अर्ब ६० करोड रुपैयाँ बराबर अर्थात एक करोड ६० लाख कित्ता सेयर बिक्रीमा राखेको थियो । जसमा निष्काशन गरिएको भन्दा बढी सेयरको माग भएकोले शुक्रबार अर्थात चैत ७ गते ५ बजेपछि आवेदन बन्द गरिएको थियो ।

मर्चेन्टका अनुसार उक्त आईपीओमा ५ अर्ब ५७ करोड ४७ लाख ३५ हजार रूपैयाँ बराबरको सेयर माग भएको थियो । उक्त रकम मागको ३.४८ गुणा बढी हो । सेयर माग गर्नेको संख्या ४ लाख ९ हजार ७२२ व्यक्ति तथा कम्पनी रहेका छन् ।

कम्पनीले जारी गरेको कूल सेयरमध्ये एक करोड ५१ लाख २६ हजार ५ सय कित्ता सेयर आम सर्वसाधारणमा बिक्रीमा राखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.