कोरोना अपडेट: साढे ७४ हजारको मृत्यु, करिब १३ लाख ४६ हजार संक्रमित

  २०७६ चैत २४ गते २१:२२     विकासन्युज

काठमाडौं । विश्वमा कोरोना भाइरसको संक्रमणबाट ७४ हजार ६ सय ७९ जनाको मृत्यु भइसकेको छ । त्यस्तै हालसम्म १३ लाख ४६ हजार २ सय ९९ जना संक्रमित छन् ।  पछिल्लो समय कोरोनाबाट अमेरिका र युरोपेली मुलुकहरुमा भयावह स्थिति सिर्जना भएको छ ।

विश्वको सबैभन्दा बढी कोरोना संक्रमित रहेको अमेरिकामा १० हजार ९ सय १० जनाको मृत्यु भएको छ । त्यस्तै ३ लाख ६७ हजार ४ सय ६१ भन्दा बढी कोरोना संक्रमित छन् भने १९ हजार ५ सय २२ जना उपचार पछि घर फर्किएका छन् ।

सबैभन्दा बढी मुत्युदर रहेको इटालीमा १ लाख २९ हजार ६ सय ८१ जना कोरोना संक्रमित छन् भने १५ हजार ९ सय ५० जना नागरिकको मृत्यु भइसकेको छ भने २१ हजार ८ सय १५ जनालाई निको भएको छ ।
स्पेनमा १ लाख ३५ हजारबढी संक्रमित रहेका छन् । १३ हजार ५५ जना नागरिकको मृत्यु भएसँगै स्पेनमा ४० हजार ४ सय ३७ जना उपचार पछि घर फर्किएका छन् ।

जर्मनीमा पनि कोरोना भाइरसको संक्रमितको संख्या १ लाख १ हजार ३ सय १३ नागरिक छन् । १ हजार ५ सय ९१ जनाको मृत्यु भएको छ भने ३६ हजार ९ सयभन्दा बढी उपचार पछि घर फर्किएका छन् ।

फ्रान्स हालसम्म ८ हजार ७८ जना नागरिक कोरोना भाइरसबाट मृत्यु भएको छ भने ९२ हजार ८ सय ३९ जना नागरिकलाई कोरोना संक्रमित छन् । त्यस्तै १६ हजार १ सय ८३ जना उपचार पछि घर फर्किए ।

कोरोनाको उद्गम स्थल चीनमा पछिल्लो समय कोरोना संक्रमितको संख्यामा कमि आएको छ । हाल ८३ हजार ५ सय ३५ जना संक्रमित छन् भने ३ हजार ३ सय ३१ जना नागरिकको मृत्यु भएको छ । चीनका ७७ हजार ३ सय ६० कोरोना संक्रमित उपचार पछि निको भएर घर फर्किएका छन् ।

कोरोना भाइरसबाट चीनमा ३ हजार ७ सय ३९ जनाको मृत्यु भएको छ भने ६० हजार ५ सय नागरिकलाई कोरोना भाइरस लागेको छ ।

पछिल्लो समय बेलायत, टर्की, स्वीट्रल्याण्ड, नेदरल्याण्ड, क्यानडा, अस्ट्रिया, पोर्चुगल, ब्राजिल, दक्षिण कोरिया, रसिया, नर्वे, अष्टे«लिया, डेनमार्क, त्यस्तै साउथ एसियन मुलुकमा पनि कोरोनाको संक्रमण बढ्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.