काेराेना जाच्न शिक्षण अस्पतालमा पीपीई बुथ, चिकित्सकलाई पनि काेराेना सर्नबाट जोगाउने

  २०७६ चैत २४ गते १३:१७     विकासन्युज

काठमाडौं । शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंमा सोमबारदेखि नेपालमै पहिलो पटक पीपीई बुथ राखिएको छ । अस्पतालको आइसोलेशन वार्डको बाहिर वुथ राखिएको हो ।

कोरानो भाइरस (कोभिड १९) का सम्भावित संक्रमितको परीक्षणमा सहजताका लागि यो बुथ राखिएको हो । सम्भावित संक्रमितको घाँंटीबाट र्याल निकाल्ने क्रममा चिकित्सकलाई पनि कोडिभ १९ सर्नबाट जोगाउन बुथको प्रयोग गरिएको जनाइएको छ ।

चिकितसक बुथभित्र बसेर सम्भावित संक्रमितको घाँंटीबाट र्याल निकाल्दा चिकित्कसलाई रोग सर्ने सम्भाबना शुन्य हुने जनाइएको छ । संभावित संक्रमितको घाँंटीबाट र्याल निकाल्ने क्रममा चिकित्सक बुथभित्र र सम्भावित संक्रमित बुथको बाहिर बस्ने हुन्छ ।

डा महाविर पुनः अध्यक्ष रहेको राष्ट्रिय अनुसन्धान केन्द्रको सहयोगमा यो बुथ काठमाडौं बिल्डर्स प्रालि भक्तपुरले बनाएको हो । साथै, यसमा अमेरिका नेपाल मेडिकल फाउण्डेशनको सहयोग पनि रहेको जनाइएको छ ।

अमेरिका नेपाल मेडिकल फाउण्डेशनका डा अरुण कुँवरले नेपालमै पहिलो पटक शिक्षण अस्पतालमा यो बुथ राखिएको जानकारी गराए । अबका दिनमा यो बुथ काठमाडौंको बीर अस्पताललगायत कोरोनाको परीक्षण हुने मुख्यमुख्य अस्पतालहरुमा राखिने डा कुँवरले जनाए ।

बुथ निर्माण समूहमा संलग्न ईन्जिनियर कृष्णभक्त दुवालले सोमबार एक कार्यक्रमवीच अस्पताललाई यो बुथ हस्तान्तरण गरेका छन् । यस क्रममा उनले बुथ निर्माणमा सहयोग गर्ने राष्ट्रिय अनुसन्धान केन्द्रका अध्यक्ष डा महाबीर पुनः डा अरुण कुँवर, अमेरिका नेपाल मेडिकल फाउण्डेशनका डा शंकर ढकाल, ईन्जिनियर हरेराम हुमागाई, ईन्जिनियर विमलराज गोसाई र सिदार्थविक्रम पाण्डेलगायतलाई विशेष धन्यावद व्यक्त गरे । उनले बुथको प्रयोगले कोरोना भाइरस (कोभिड १९)को उपचारमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.