चेम्बरले दाङ र झापामा वितरण गर्यो नगद सहित विभिन्न सामानहरु

  २०७६ चैत २३ गते १५:४९     विकासन्युज

काठमाडौं । विभिन्न जिल्लाका चेम्बर अफ कमर्सले कोरोना भाइरस (कोभिड-१९) प्रकोपका सन्दर्भमा विभिन्न स्थानमा नगद सहित अन्य सामानहरु वितरण गर्दै आएको छ । सोही अनुरुप चेम्बरले दाङ र झापामा पनि नगद हस्तान्तरण तथा माक्स लगायत विभिन्न सामानहरु वितरण र सुपथ पसल संचालन गरेको छ ।

दाङ चेम्बर अफ कमर्सका तर्फबाट अध्यक्ष श्रीधर महराले जिल्ला व्यवस्थापन कोषको लागि जिल्ला प्रशासन कार्यालयलाई ५१ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ । यसका साथसाथै सञ्चारकर्मीहरुलाई लागि माक्स र पन्जा वितरण गरेको छ ।

चेम्बर अफ कमर्स झापाले बिर्तामोड नगरपालिकाले स्थापना गरेको राहत कोषमा जम्मा हुनेगरी ५१ हजार रूपैयाँ हस्तान्तरण गरेकाे छ । यसका साथै इलाका प्रहरी कार्यलय अनारमनीलाई २ सय थान मास्क वितरण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.