कोरोना अपडेट: साढे ४८ हजार जनाकाे मृत्यु, ९ लाख ६१ हजारभन्दा बढी संक्रमित

  २०७६ चैत २० गते २०:४९     विकासन्युज

काठमाडौं । कोरोना भाइरसको संक्रमण विश्वमा २४ घण्टाको अवधिमा ७४ हजार जनामा देखिएको छ । बिहीबार बेलुकासम्म विश्वभरी ९ लाख ६१ हजार ६ सय ३५ जना कोरोना संक्रमित देखिएका छन् ।
पछिल्लो २४ घण्टामा ४ हजार ४ सय ६८ जना मानिसको मृत्यु भएको छ । हालसम्म ४८ हजार ७ सय ७० जनाको कोरोना भाइरसको कारण मृत्यु भईसकेको छ ।

बुधबार बेलुकासम्म ४४ हजार ३ सय २ जनाको मृत्यु भएको थियो । पछिल्लो समय कोरोना भाइरसको उच्च संक्रमणमा अमेरिका रहेको छ । अमेरिकामा २ लाख १५ हजारभन्दा बढी नागरिक कोरोना संक्रमित भएका छन् भने ५ हजार १ सय १३ जनाको हालसम्म मृत्यु भएको छ । उपचारपछि ८ हजार ८ सय ७८ जना घर फर्किएका छन् ।

कोरोना भाइरसबाट उच्च दर मृत्यु हुने राष्ट्रहरु इटाली, स्पेनमा पछिल्लो २४ घण्टाको अवधिका करिब ८ सयजनाको मृत्यु भएको छ । इटालीमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १३ हजार १ सय ११ जना पुगेको छ भने स्पेनमा १० हजार ३ जनाको मृत्यु भइसकेको छ । इटाली र स्पेनमा संक्रमितको संख्या उस्तै रहेको छ । हालसम्म यी दुवै देशमा १ लाख १० हजारभन्दा बढी संक्रमित छन् । भने उपचार पछि स्पेनका २६ हजारभन्दा बढी नागरिक र इटालीका १६ हजार ८ सय भन्दाबढी घर फर्किएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टाभित्र चीनमा ६ जनाको मृत्यु भएको छ भने ९० जना नयाँ संक्रमित भेटिएका छन् । हालसम्म कोरोनाबाट ३ हजार ३ सय १८ जनाको मृत्यु भएको छ भने ८३ हजार १ सय ८५ जना कोरोना भाइरसबाट संक्रमित रहेका छन् । त्यस्तै ७६ हजार भन्दाबढी उपचार पछि घर फर्किएका छन् ।

युरोपेली राष्ट्रहरुमा पछिल्लो समय कोरोनाको संक्रमण उच्च मात्रामा फैलिएको छ । पछिल्लो समय जर्मनी ९ सय ५९ जनाको मृत्यु भएको छ । फ्रान्समा ४ हजार ३२ जना, इरानमा ३ हजार १ सय ६०, बेलायतमा २ हजार ३ सय ५२, स्वीट्जरल्याण्डमा ५ सय ५ जना, टर्कीमा २ सय ७७, बेल्जियममा १ हजार ११ जना, नेदरल्याण्डमा १ हजार ३ सय ३९ जना, अस्ट्रियामा १ सय ५८ जनाको मृत्यु भएको छ भने यी देशहरुमा १० हजारदेखि ८० हजार जनासम्म संक्रमित रहेका छन् ।

१० हजार भन्दा कम र ५ हजारभन्दा बढी नागरिकलाई कोरोना भाइरस संक्रमित राष्ट्र दक्षिण कोरिया १ सय ६९ जनाको मृत्यु भएको छ । त्यस्तै क्यानडामा १ सय २९, पोर्चुगलमा २ सय ९, ब्राजिलमा २ सय ४६, इजराइल ३३ जना, स्वडेनमा २ सय ८२ जना, अस्ट्रेलियामा २५, नर्वेमा ४६जनाको मृत्यु भएको छ ।
पछिल्लो समय नेपालमा ६ जनामा कोरोना देखिएको छ । जसमा ३ पुरुष र ३ महिलामा काेराेना देखिएकाे थियाे भने एकजना पुरुषलाई निको भएर घर फर्किसकेकाे अवस्था रहेकाे छ । पछिल्लाे समय  विश्वकाे १ सय ९०भन्दा बढी मुलुकमा काेराेना भाइरस फैलिसकेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.