एनआईसी एशिया र हिमालयन बैंकको कुन कुन शाखा खुले ? (सूचीसहित)

  २०७६ चैत १९ गते १२:४०     विकासन्युज

काठमाडौं । लक डाउनमा पनि एनआइसी एशिया बैंक र हिमालयन बैंकले विभिन्न शाखा कार्यालयहरुबाट बैंकिङ सेवाहरु दिँदै आएका छन् ।

बुधबार पनि एनआइसी एशिया बैंकले ३५ वटा शाखा मार्फत आफ्ना ग्राहकलाई बैंकिङ सेवाहरु दिँदै छ । बैंकले बिहान ११ देखि दिउँसो १ बजेसम्म सबै प्रदेशबाट सेवा प्रदान गर्ने भएको छ ।

त्यस्तै, हिमालयन बैंकको पनि आज १७ वटा शाखा खुला भएका छन् । बैंकले जारी गरेको सूचना अनुसार उपत्यका भित्र ठमेल र कौशलटार शाखा मात्रै खुला हुने छन् ।

उपत्यका बाहिरका केही जिल्लाका शाखा १० देखि १२ बजे र केही बैंकको शाखा १० देखि १ बजेसम्म खुला हुने छन् ।
यससँगै, ग्राहकले आफुलाई पायक पर्ने बैंकको शाखामा गई बैंकिङ सेवा लिन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.