कोरोनाको बारेमा गलत सूचना रोक्न डब्लुएचओ र राकुटेन भाइबरबीच सम्झौता

  २०७६ चैत १८ गते १७:४५     विकासन्युज

काठमाडौं । कोरोना भाइरस( कोभिड-१९) को बारेमा प्रवाह हुने गलत सूचना रोक्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र राकुटेन भाइबरबीच सम्झौता भएको छ । यी दुई संस्थाले गलत सूचना विरुद्ध अभियान छेड्न एकआपसमा समझदारी गरेका हुन्, जुन बहु-भाषिक अन्तरक्रियात्मक च्याटबट विश्वव्यापी रुपमा उपलब्ध हुनेछ ।

यो बटको एकमात्र उद्देश्य भनेकै भाइरसको विषयलाई लिएर तीव्रगतिमा फैलाइने झुठो जानकारी तथा गलत समाचारहरु विरुद्ध जुध्नु हो ।

सही सूचनाको खोजीमा रहेका विश्वका नागरिकहरुलाई सहयोग गर्न यो च्याटबट अँग्रेजी, अरेबिक, रसियन भाषामा उपलब्ध छ र चाँडै नै २० अन्य भाषाहरुमा पनि अनुवाद गरिनेछ । यसले महामारीलाई लिएर अत्यधिक रुपमा सोधिएका प्रश्नहरु एवं पछिल्लो ताजा समाचारहरुलाई प्रमुखता दिनेछ ।

‘लेटेस्ट न्यूज’ (हालको ताजा समाचार) लाई डब्लुएचओको वेबसाइटबाट सिधै एउटै समयमा अद्यावधिक गरेर त्यसलाई सोझै यस भाइबर बटमा प्रेषित गरिन्छ । अन्य मुख्य खण्डहरुमा ‘प्रोटेक्ट योरसेल्फ’, ‘मास्क युजेज’ ‘ट्राभल रिकम्मेन्डेसन्स’ तथा भाइरसको बारेमा तपाईंको ज्ञान जाँच गर्न एक अन्तरक्रियात्मक ‘मिथ्स’ क्वीज रहेका छन् । यसैगरी च्याटबटमा रहेको ‘डोनेट नाउ’ बटनले प्रयोगकर्ताहरुलाई डब्लुएचओले महामारी विरुद्ध लड्न स्थापना गरेको कोभिड-१९ सोलिड्यारिटी रेसपन्स फण्डको लागि आफ्नो तर्फबाट चन्दा सहायता प्रदान गर्न सक्नेछन् ।

‘विश्व स्वास्थ्य संगठनले नवीनतम् डिजिटल प्रविधिको सहायताले भरपर्दो सूचनाका साथ सम्भव भएसम्म विश्वका धेरैभन्दा धेरै नागरिकहरुमाझ पुग्ने लक्ष्य लिएको छ । सही सूचना शक्ति हो र यसले यस्तो महामारीको समयमा जीवनहरु बचाउन मद्दत पुग्छ ।’ डब्लुएचओका महा निर्देशक डा. टेड्रोस एद्हानम गेब्रेयेससले भने ।

‘हामीले मानिसहरुलाई सम्पर्कमा रहिरहन साथसाथै स्थानीय एवं विश्वभरका सरकार तथा संसारभरका स्वास्थ्योपचार सम्बद्ध संस्थाहरुलाई संकटास्पद अद्यावधिकहरु उपलब्ध गराएर र गलत सूचना विरुद्ध लड्न पनि सहयोग गरिरहेका छौं । राकुटेन भाइबर र डब्लुएचओले यो विषम अवस्थामा व्यक्तिहरु र समुदायहरुलाई स्वस्थ एवं सुसूचित रहनका लागि मद्दत गर्न मिलेर संयुक्त रुपमा काम गरिरहेको छ । यो च्याटबट तपाईं आफैले प्रयोग गर्नुहोस्, अनि यसलाई आफ्नो प्रियजनहरुसँग साझा गरेर तपाईंका आफन्तहरुको सुरक्षा र सहायता गर्नुहोस् । डिजिटल सुरक्षित छ ।’ राकुटेन भाइबरका सिइओ जमेंल अगाउवाले बताएका छन् ।

यो च्याटबट निःशुल्क छ र विश्वभरका सबै भाइबर प्रयोगकर्ताहरुका लागि च्याटबट अहिले नै उपलब्ध भइसकेकोे छ । यसको अतिरिक्त भाइबरले भाइरससँगै अग्रपँक्तिमा रहेर रोगीहरुको सेवामा खटिइरहेका सम्पूर्ण स्वास्थ्यकर्मीहरुको योगदानको कदर गर्न तथा उनीहरुको मनोबल उकास्न साथसाथै लक डाउनको समयमा समग्र विश्वलाई उत्प्रेरणा प्रदान गर्न र सकारात्मक भावहरु संचार गर्न खास रुपमा तयार पारिएको स्टिकर प्याक पनि प्रस्तुत गर्ने भएको छ । यो प्याक भाइबरको स्टिकर मार्केटबाट डाउनलोड गर्ने जोकोहीले च्याटबटमा छिटो र सजिलै पहुँच प्राप्त गर्नेछ । बट यो लिन्क https://vb.me/c6e9fa मार्फत् पनि प्राप्त गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.