अब कोरोना जाँचको रिपोट एक घण्टामा नै

  २०७६ चैत १७ गते २१:०१     विकासन्युज

काठमाडौं । राष्ट्रियज नस्वास्थ्य प्रयोगशालाले चीनबाट ल्याइएको पिसिआर मेसिनको प्रयोग गरेर १ घण्टामै कोरोना जाँचको नतिजा निकाल्न सकिने जनाएको छ । प्रदेशमा पनि  जडान गरेपछि कोरोना परीक्षण सहज हुने छ ।

सरकारले चीनबाट पाँचवटा पिसिआर मेसिन ल्याएकोमा चार प्रदेशमा वितरण गरिने छ । प्रयोगशालाका निर्देशक डा. रुना झाले जो कोहीको पनि कोरोना परिक्षण गराउन सक्ने र एक दिनमा धेरै व्यक्तिहरुको स्वास्थ्य परिक्षण गराउन सकिने बताए ।

सरकारले पीसीआर मसिन ३० हजार रिएजेन्ट ल्याएको छ । एउटा रिएजेन्टले एक जनाको नमुना परिक्षण गराउन सकिने छ । धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गत आइतवार देखी परिक्षण सुरु गरिएको छ भने पोखरा , जनकपुर , हेटौडामा समेत परिक्षण सुरु गराउने तयारी भईरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.