कोरोना कोषमा नागरिक लगानी कोषले सवा करोड दिने

  २०७६ चैत १७ गते २०:१२     विकासन्युज

काठमाडौं । नागरिक लगानी कोषले सरकारद्वारा स्थापना गरेको कोरोना भाईरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु. १ करोड २५ लाख सहयोग गर्ने निर्णय गरेको छ । चैत १७ गते बसेको कोषको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

सरकारले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणलाई नियन्त्रण गर्ने उद्देश्य उक्त कोष स्थापना गरेको छ ।

साथै, संचालक समितिका अध्यक्ष एबं सदस्यहरुले उक्त बैठकबाट प्राप्त गर्ने बैठक भत्ता, कोषका कार्यकारी निर्देशक रमण नेपालले एक महिनाको तलब र कर्मचारीहरुबाट निजामति कर्मचारीहरुले योगदान गरे सरह दशौं तहसम्मका अधिकृतहरुले ७ दिन, अन्य अधिकृतहरुले ५ दिन र सहायक स्तरका कर्मचारीहरुले ३ दिनको तलब बराबरको रकम समेत सहयोग प्रदान गरेको कोषले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.