कोरोना शंका लागे जुन पायो त्यही अस्पताल जान मिल्दैन, यी हुन् जानुपर्ने देशभरका अस्पतालहरु

  २०७६ चैत १७ गते १९:००     डोमी शेर्पा

काठमाडौं । धेरै मानिस कोरोना लागेको शंका लागेमा कहाँ जाने भनेर अलमल्लमा परेका छन् । कोरोनाको यकिनन् लक्षणलाई मानिसहरु कतिपय समय छुटाउन नसक्दा सिधै मुख्य अस्पतालमा जाँदा झनै उल्टै स्वास्थ्यमा ठूलो चुनौती बन्ने सक्ने प्रबल सम्भावना छ ।

ज्वरो आउने, सुख्खा खोकी लाग्ने, श्वासप्रश्वासमा समस्या हुनु काेराेनाकाे स‌म्भावित लक्षण हाे । याे माैसमी रुघाखाेकीकाे पनि लक्षण हाे त्यसैले तपाईको लक्षण कोरोनाको संभावित लक्षणसँग मिलेको छ कि छैन भनेर सरकारले फिभर क्लिनिक संचालनको लागि तोकेको नजिकैको हब अस्पतालमा जानु पर्छ ।

सरकारले फिभर क्लिनिक संचालनको लागि देशभर २५ हब अस्पताल तोकेको छ । कोरोना लागेको शंका लागेका व्यक्तिहरु सरकारले तोकेको यो २५ अस्पतालमा जान सक्नेछन् ।

ताेकिएका ती अस्पतालबाट कोरोनाको लक्षणहरु मिल्न गएपछि मात्र ल्याबमा परीक्षणको लागि लैजाने व्यवस्था मिलाइको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोभिड १९ बारे मन्त्रालयको नियमित ब्रिफिङमा बताएका थिए ।

फिभर क्लिनिकले तपाईको अवस्था जाँचेपछि लक्षण मिल्न भएको अवस्थामा ल्याबमा नमुना परीक्षणको लागि पठाईनेछ ।

फिभर क्लिनिक संचालनको लागि तोकिएका हब अस्पताल

१. जनकपुर अन्चल अस्पताल
जनकपुर उपमहानगपालिका, धनुषा

२. गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल
राजविराज नगरपालिका, सप्तरी

३. सुदूरपश्चिम उपक्षेत्रीय अस्पताल
अमरगढी नगरपालिका, डढेलधुरा

४. पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
पोखरा लेखनाथ महानगरपालिका, कास्की

५. मेची अञ्चल अस्पताल
भद्रपुर नगरपालिका, झापा

६. राप्ती अञ्चल अस्पताल
तुलसीपुर उपमहानगरपालिका, दाङ

७. राप्ती उपक्षेत्रीय अस्पताल
घोराही उपमहानगरपालिका, दाङ

८. धौलागिरी अञ्चल अस्पताल
बागलुङ नगरपालिका, बागलुङ

९. पाटन स्वास्थ्य विज्ञान एकेडेमी
ललितपुर महानगरपालिका, लगनखेल

१०. नारायणी उपक्षेत्रीय अस्पताल
विरगंज महानगरपालिका, पर्सा

११. भेरी अञ्चल अस्पताल
नेपालगंज उपमहानगरपालिका, बाँके

१२. धुलिखेल अस्पताल
धुलिखेल, नगरपालिका, काभ्रे

१३. बी.पी. कोइराला स्वास्थ्य विज्ञान संस्थान
धरान उपमहानगरपालिका, सुनसरी

१४. मध्य पश्चिमी क्षेत्रीय अस्पताल
विरेन्द्रनगर नगरपालिक, सुर्खेत

१५. कोशी अञ्चल अस्पताल
विराटनगर महानगरपालिका, मोरङ

१६. भक्तपुर अस्पताल
भक्तपुर नगरपालिका, भक्तपुर

१७. भरतपुर अस्पताल
भरतपुर महानगरपालिका, चितवन

१८. बीर अस्पताल
काठमाडौं महानगरपालिका

१९. त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल
काठमाडौं महानगरपालिका

२०. श्री वीरेन्द्र अस्पताल
काठमाडौं महानगरपालिका

२१. सिभिल सेवा अस्पताल
काठमाडौं महानगरपालिका

२२ लुम्बिनी अञ्चल अस्पताल
बुटवल उपमहानगरपालिका, रुपन्देही

२३. स्वास्थ्य विज्ञान कर्णाली एकेडेमी
चन्दननाथ नगरपालिका, जुम्ला

२४. सेती अञ्चल अस्पताल
धनगढी उपमहानगरपालिका, कैलाली

२५. महाकाली अञ्चल अस्पताल
भिमदत्त नगरपालिका, कन्चनपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.