एनआईसी एशियाले गर्याे दैनिक ज्याला मजुदुरी गर्नेका लागि सहयोग

  २०७६ चैत १७ गते ११:४९     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले नेपाल प्रहरीसँगको सहकार्यमा दैनिक ज्याला मजुदुरी व्यक्तिका लागि ५ लाख रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेकाे छ । कोरोना भाइरसको संक्रमण फैलिएसँगै एनआईसी एशिया बैंकले नेपाल प्रहरीसँगको सहकार्यमा ५ लाख बराबर चामल, तेल, नुन, दाल लगायतका खाद्यान्न सामाग्री वितरण गरेकाे हाे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिआइजी विश्वराज पोखरेललाई उक्त खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन् ।

बैंकले नेपाल प्रहरीसँगको सहकार्यमा वितरण गरेको खाद्यान्न सामग्रीबाट लकडाउनले गर्दा दैनिक छाक टार्न गाह्रो भएका परिवारलाई केहि भएपनि राहत मिल्ने विश्वास लिएको जनाएकाे छ ।

कोरोनासँगको लडाई, बैंकिङ्ग गरौं घरबाट एक पाइला नबढाई’ भन्ने नाराका साथ अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू घरबाटै बसेर निःशुल्क तिर्न सक्ने व्यवस्था समेत बैंकले गरेको छ ।

उक्त सेवाहरुका साथै ग्राहक महानुभावहरूले घरमै बसी अनलाईन खाता खोल्ने सुविधा पनि बैंकले दिएको छ । बैंकको मुलुकभर ३ सय १९ शाखा कार्यालयहरू, ४ सय ६१ एटिएम, १ सय ८ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

२१ लाख भन्दा बढी ग्राहक रहेको उक्त बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । गत आर्थिक वर्षमा करिब ३ अर्ब १५ करोड रुपैयाँभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । पछिल्लो समयमा ३४ भन्दा बढी स्थानीय निकायहरूमा बैंकले शाखा विस्तार गरी कार्य संचालन गरिरहेको जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.