सरकारकाे राहत प्याकेजः खाद्यान्नमा छुटदेखि टेलिफोन, इन्टरनेट र बिद्युत महसुल कम गर्नेसम्म

  २०७६ चैत १६ गते २१:३७     विकासन्युज

काठमाडाैं । सरकारले कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावितहरुलाई राहत प्याकेज घोषणा गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले विभिन्न प्याेकजहरू घाेषणा गरेकाे हाे ।

अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले मन्त्रिपरिषद्का निर्णयहरू सुनाउँदै सरकारले विभन्न प्याकेजहरू ल्याएकाे बताए । उनले विद्युतमा  एक सय ५० युनिटसम्म विद्युत उपभोग गर्ने ग्राहकहरुलाई फागुन र चैतको विद्युत महसुलमा २५ प्रतिशत छुट दिने निर्णय गरेको हो ।

यस्तै, सरकारले सामाजिक सुरक्षा काेषमा सहभागी भएका श्रमिकहरूकाे चैतभरिकाे रकम सरकारले तिर्ने भएकाे छ । यस्तै, खाद्य संस्थानले बेच्ने दाल चामल लगायतका खाद्य वस्तुमा १० प्रतिशत छुट दिने निर्णय भएको छ । सरकारले स्वास्थ्यकर्मीहरूलाइ २५ लाख बीमा गरिदिने बताइएकाे छ ।

विद्युत खानेपानी र इन्टरनेटको फागुन र चैत महिनाको महशुल २०७७ बैशाख मसान्तमा बुझाएमा विलम्ब र अरु जरिवाना नलिने निर्णय गरेको छ । यस्तै टेलिफोन सेवा कम्पनीले लकडाउन अवधीधिमा डाटा तथा इन्टरनेटमा २५ प्रतिशत छुट दिने व्यवस्था गरेको डा खतिवडाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.