भाटभटेनी समूहले प्रत्येक प्रदेशमा २५/२५ लाख सहयोग गर्ने

  २०७६ चैत १६ गते १९:२०     विकासन्युज

काठमाडौं । भाटभटेनी समूहले प्रत्येक प्रदेशलाई कोरोना विरोधी अभियानका लागि २५/२५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । ७ वटै प्रदेशमा गरि १ करोड ७५ लाख आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गर्ने भाटभटेनी समूहका अध्यक्ष मीनबहादुर गुरुङले गरेका हुन ।

समूहका अध्यक्ष मीनबहादुरले गुरुङ कोरोनाविरोधी अभियान सफल पार्न मुलुकका सातै प्रदेशका सरकारलाई २५/२५ लाख रुपैयाँ आर्थिक सहयोग बताएका हुन ।

भाटभटेनी समूहले एक साताअघि संघीय सरकारद्वारा स्थापित कोरोना रोकथाम तथा नियन्त्रण कोषमा एक करोड रुपैयाँ सहयोग गरेको थियो । भाटभटेनी समूहले विपत्तिको अवस्थामा सरकार तथा पीडितलाई निरन्तर सहयोग गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.