लकडाउन लम्ब्याउने तयारी, आज मन्त्रीपरिषद्ले निर्णय गर्ने

  २०७६ चैत १६ गते ९:३९     विकासन्युज

काठमाडौं । सरकरले मंगलबारबाट सुरु गरेको लकडाउन आज छैठो दिन हो । सरकारले विश्व माहामारी रुपमा फैलिएको कोरोना भाइरसलाई नेपालमा फैलन नदिन लकडाउन गरेको छ । अत्याश्यक बाहेकका सेवा बाहेक अन्य सेवा सेवाहरु सहित देशभर बन्द रहेका छन् ।

अत्यावश्यक सेवा र वस्तुबाहेक अन्य आवतजावत रोक लगाउन सडकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीहरु खटिएका छन् । सडकमा अत्यावश्यक बाहेक अरु सवारी साधन गुडेका छैनन् ।

सरकारले गत मंगलबार बिहान ६ बजे सुरु गरेको लकडाउन चैत १८ गते मंगलबार सकिदै छ । तर सरकारले यस लकडाउनलाई लम्बाउने तयारी गरेको छ । सरकारले लकडउन सकिने २ दिन अघि अर्थात आइतबार साँझ यस विषयमा निर्णय गर्ने छ ।

गृह सचिब महेश्वर न्यौपानेले मन्त्रिपरिषदले लकडाउनको समय थप्ने बताए । उनले भने कति दिन थप्ने भनेर मन्त्रिपरिषदले आइतबार निर्णय गर्छ । नेपालमा कारोना संक्रमण रोक्न लकडाउन अबधि लम्बाउन आवश्यकता पनि रहेको न्यौपानेले बताए ।

नेपालमा लकडाउन सुरु भएको भोलि पल्टबाट छिमेकी देश भारतले पनि सुरु गरेको छ । भारतले २१ दिन लकडाउन गरेको छ । भारतमा कोरोना भाइरसबाट १९ जनाको मृत्यु भईसकेको छ भने झन्डै एक हजार जना कोरोना संक्रमित छन् ।

स्रोतका अनुसार सरकारले पुन एक हप्ता लकडाउन लम्बाउने तयारी गरेको छ ।  गएको सोमबार काठमाण्डौमा कोरोना भाइरस संक्रमणको बिरामी भेटिएपछि सरकारले लकडाउन गर्ने निर्णय गरेको थियो । अहिलेसम्म ५ जनामा सक्रमण देखिएकाे स्वस्थ्य मन्त्रालयले जनाएकाे छ । कोरोनाबाट संक्रमित एक जना भने निको भएर घर फर्किसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.