एनआईसी एशिया बैंकका ग्राहकले मेरो किरानाबाट सामान खरिद गर्दा छुट

  २०७६ चैत १५ गते १७:४०     विकासन्युज

काठमाडौं । मेरो किराना अनलाईनले सामान खरिद गर्दा एनआईसी एशिया बैंकका ग्राहकलाई १० प्रतिशतसम्म छुट दिने भएकाे छ। सो छुट रकम फिर्ता हुने गरी बैंक र मेरो किरानाबीच साझेदारी भएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डका खाद्य सामग्री पाइने यस ई कमर्स साइटमा साझेदारी बमोजिम बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले उक्त सुविधा पाइनेछ । मेरो किरानाबाट अनलाईन सामान खरिद गरी रकम भुक्तानी गर्दा १० प्रतिशत वा प्रति कारोबार ५ सय रुपैयाँसम्म र बढीमा १ हजार रुपैयाँसम्म रकम फिर्ता पाउने व्यवस्था छ । यो योजना चैत मसान्तसम्म लागु हुने बैंकले जानकारी दिएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिमबाट जोगिन सरकारले भिडभाड कम गर्न आह्वान गरिरहेको अवस्थामा डिजिटल बैंकिङ्ग प्रयोग गरी घरबाटै सामान खरिद गर्ने प्रोत्साहन गर्न यस्तो सुविधा ल्याइएको हो ।

बैंकको मुलुकभर ३ सय १९ शाखा कार्यालय, ४ सय ६१ एटिएम, १ सय ८ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । हाल बैंकका २१ लाखभन्दा बढी ग्राहक तथा प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छ ।

गत आर्थिक वर्षमा करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.