कृषि विकास बैंकले १०१ शाखाबाट बैंकिङ सेवा दिँदै, निक्षेप राख्न र नगद झिक्न सकिने

  २०७६ चैत १४ गते १२:२७     विकासन्युज

काठमाडाैं । आज(शुक्रबार) कृषि विकास बैंकले  देशभर १०१ शाखाबाट बैंकिङ सेवा दिईरहेको छ । बैंकले एक जिल्लामा न्युनतम एक शाखा हुने गरि जिल्ला प्रशासन कार्यालयसँग समन्वयगरी सेवा सञ्चालन गरिएको बैंकका प्रवक्ता हिमलाल पौडेलले बताएका छन् ।

बैंकले काठमाडौंमा पाँच वटा शाखाबाट सेवा प्रवाह गरिरहेको छ । उपत्यकामा रामशाह पथको बालाजु, मंगलबजार, दुधपाटी भक्तपुर, बानेश्वर शाखा खुल्ला छन् । बैंकले आफ्ना ग्राहकलाई मोबाइल बैंकिङ र एटिएम सेवा उपयोग गर्न आग्रह पनि गरेको छ । बैंकका उप महाप्रबन्धक दिर्घ बहादुर अर्यालको नेतृत्वमा विभागीय प्रमुख अजय कुमार रिमाल र बागमति प्रदेश प्रमुख सुन्दर खतिवडा लगायतको टोलीले सेवा प्रवाह गरिरहेका शाखाहरुको अनुगमन समेत गरेको छ।

बिहान ११ बजेदेखि दिउँसो १ः३० बजेसम्म शाखाहरुबाट निक्षेप राख्ने र नगद झिक्न सकिने छ । त्यस्तै, एलसी, टीटी, प्रतितपत्र लगायतका सेवाका लागि भने कर्पोरेट कार्यालयमा सम्पर्क गर्न बैंकले आग्रह गरेकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.