प्रधानमन्त्री ओलीकाे स्वास्थ्य सामान्य, आजै डिस्चार्ज हुने

  २०७६ चैत १४ गते ९:५६     विकासन्युज

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली आज नै डिस्चार्ज हुने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो फेसबुकमार्फत जानकारी  दिँदै आज नै डिस्चार्ज हुने बताएका हुन् ।

प्रधानमन्त्रीकाे उपचारमा संलग्न डा. दिव्या सिंहलाई उद्धृत गर्दै थापाले आधिकारी फेसबुक एकाउण्ट मार्फत साे जानकारी गराएका हुन् । उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको बताइएको छ ।

प्रधानमन्त्री ओलीको मटुको धडकनमा केही समस्या आएपछि गए राति महाराजगञ्जस्थित मनमोहन कार्डियो भास्कुल एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका हुन् । उनकाे फागुन २१ गते दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.