नविल बैंकका सीईओ अनिल केशरी शाहको घरमा भाटभटेनीको पहिलो होम डेलिभरी

  २०७६ चैत १३ गते १८:००     विकासन्युज

काठमाडौं । नविल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल केशरी शाहको घरमा भाटभटेनीले सामान होम डेलिभरी गरेको छ । सरकारले विभिन्न व्यावसायीहरुलाई सामान अभाव भएको ग्राहकबाट अर्डर आएलगत्तै होम डेलिभरी गर्न निर्देशन दिएसँगै भाटभटेनीले सीईओ शाहको घरमा पहिलो हाेम डेलिभरी गरेको हो ।

शाहले बिहिबार सामाजिक सञ्जालमा एक भिडियो अलोड गर्दै भाटभटेनीले आफ्नो घरमा सामान डेलिभरी गरेको जानकारी दिएका छन् । याे लक डाउनकाे समयमा घरमा दैनिक उपभाेग्य सामानकाे अभाव हुने भएकाेले सामान कहाँबाट ल्याउने भन्ने कूरामा आफ्नो परिवार चिन्तामा रहेको कूरा भिडियाेमार्फत उल्लेख गरेका छन् । तर, अहिले अनलाइनबाट अर्डर हुन सुरु भइसकेपछि आफु धेरै नै खुशी भएको शाहले बताएका छन् ।

शाहले सामाजिक सञ्जाल फेसबुकमा भिडियो पोष्ट गर्दै उनले भनेका छन्,‘घरमा बस्ने क्रममा हामी हाम्रा दैनिक खाद्यान्नहरू चामल, तेल, फलफूल, तरकारी, दूध, अण्डाहरू कहाँबाट ल्याउने र कहाँ जाने भनेर चिन्तित थियौं, अहिले भाटभटेनी सुपरस्टोर्सले अनलाइन अर्डर गर्न सुरु गरेपछि हामीलाई सजिलो भयो, धन्यबाद भाटभटेनी ।’

उनले घरमा सामान अभाव भएकाहरुले भाटभटेनीमा अर्डर गर्न पनि सबैलाई अनुरोध गरेका छन् । अहिले गृह मन्त्रालयले ग्रोसरीहरुलाई डेलिभरी भ्यानमार्फत् खाद्यान्न तथा तरकारी घरघरमा पुर्याउन निर्देशन दिएपछि भाटभटेनी सुपरमार्केटले कल, भाइबर वा ह्वाट्सएपबाट कल र म्यासेजमार्फत् यो सुविधा सुरु गरेको छ।

काठमाडौं उपत्यकाभित्र रहेका अत्यावश्यक खाद्यवस्तुका सबै स्टोरी एवम् बिक्रेताहरुले आ-आफ्ना डेलिभरी भ्यानमार्फत् आवश्यक दैनिक उपभोग्य वस्तुहरुको सहज आपूर्तिको व्यवस्था मिलाउन गृह मन्त्रालयले आज निर्देशन दिएको हो।

आवश्यक पर्ने डेलिभरी भ्यानलाई सवारी पासको व्यवस्था सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुले मिलाउने व्यवस्था गरेपछि भाटभटेनीले ९८०१२४६८०६, ९८०१२४१४४९, ९८०१११८८३७ फोन मार्फत् अर्डर गर्ने व्यवस्था गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.