लकडाउनमा पनि खुले कृषि विकास बैंकका ९० वटा शाखा

  २०७६ चैत १३ गते १७:३०     विकासन्युज

काठमाडौं । बिहीबार कृषि विकास बैंकको ९० वटा शाखा खुलेका छन् । बैंकले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी प्राप्त पासको आधारमा शाखा कार्य सूचारू गरेकाे जनाएको छ ।
बैंकले काठमाडौंको कोटेश्वर, महाराजगंज, ललितपुरको लगनखेल, भक्तपुरको गठ्ठाघर र उपत्यका बाहिर गरी ९० वटा शाखा खोलेको बैंकका प्रवक्ता हिमलाल पौडेलले बताए ।

उक्त शाखाबाट केही सेवा ग्राहीले सेवा लिएको जनाएका छन् । साथै आगामी दिनमा पनि बैंकले जिल्ला प्रशासन कार्यालयसंग समन्वय गरी प्राप्त पासको आधारमा शाखा खोली बैकिङ सेवा प्रदान गर्ने जनाएको छ ।  नेपाल राष्ट्र बैंकले चैत १२ गते सम्पूर्ण इजाजतपत्र प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको सूचना अनुसार बैंकले उक्त शाखाहरुबाट बैंकिङ्ग सेवा दिएको हो ।

साथै, यस बैंकको शाखा कार्यालयमा नै भौतिक रुपमा उपस्थित भई सेवा लिने अवस्था परि सेवा लिन आवश्यक भएका ग्राहकहरुको लागि न्यूनतम बैंकिङ्ग सेवा प्राप्त गर्न सजिलो होस् भन्ने हेतुले बैकले उक्त शाखा खोलेको जनाएको छ । बैकले विगतमा विषम परिस्थतिमा पनि बैंकका शाखा खोली सेवा प्रदान गर्दै आएको र आगामी दिनमा पनि सेवा दिने जनाएको छ ।

कोरोना भाइरस (कोभिड १९) लाई नियन्त्रण गर्ने प्रयास स्वरुप नेपाल सरकारले देशभर लकडाउन गरिरहेको छ । यस परिस्थितिमा कोरोना भाइरसको संक्रमणबाट बच्न यस बैंकले प्रदान गरिरहको विद्युतीय बैंकिङ्ग सेवाका विभिन्न प्रोडक्टहरु प्रयोग गरी विद्युतीय माध्यमबाट कारोवार, एटीएम सेवा, मोबाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, कनेक्ट आईपीएस सेवा आदि प्रयोग गर्न बैंकले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.