चौधरी फाउण्डेसनले खडा गर्यो ‘कोरोना रेस्पोन्स टिम, अत्यावश्यक उपचार सामाग्री सहयाेग गर्ने

  २०७६ चैत १३ गते १६:०४     विकासन्युज

काठमाडौं । चौधरी फाउन्डेसनले कोभिड १९ को उपचार गर्दा आवश्यक हुने सामाग्री उपलब्ध गर्नका लागि ‘कोरोना रेस्पोन्स टिम’ खडा गरेको छ । संसारभर कोरोनाले महामारी फैलाइरहेका अवस्थामा फाउन्डेसनले देशभरका स्वास्थ्यसंस्थाहरुमा कमिको रुपमा देखा परेको पिपिई जस्ता आवश्यक सामाग्री प्रदान गर्न ‘कोरोना रेस्पोन्स टिम’ खडा गरेको हो ।

फाउण्डेसनले स्वास्थ्यकर्मीलाई कोराना परीक्षण र उपचारको लागि अति आवश्यक रहेको पर्सनल प्रेटेक्टिभ ईक्युपमेन्ट अर्थात पिपिई, मास्क, एन ९५ मास्क जस्ता अत्यावश्यक सामाग्री प्रदान गर्ने लक्ष्य लिएको छ ।

फाउण्डेसनले मंगलबार प्रदेश नं ५ का आन्तिरक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी मार्फत क्वारेन्टाईन सेन्टरलाई अत्यावश्यक पिपिई र अक्सिजन जेनेरेटिङ एपरेटस प्रदान गरेको थियो । फाउन्डेसनका अध्यक्ष विनोद चौधरीले सामाग्री प्रदान गरेका थिए ।

यस्तै, सोही दिन नवलपुरका  प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेलाई पनि पिपिई प्रदान गरिएको थियो । यसका साथै सरकारसँगको सहकार्यमा फाउण्डेसनले प्रदेश नं ४ लाई पनि पिपिई, आईसोलेन किट, मेमिकल मास्कहरु प्रदान गरेको थियो ।

फाउण्डेसनले लुम्बिनी प्रादेशिक अस्थायी कोरोना अस्पताल, भीम अस्पताल (भैरहवा), आयुर्वेद अस्पताल (दाङ) र प्रदेश प्रहरी अस्पताल (नेपालगन्ज)का लागि पनि पिपिई, सर्जिकल मास्कजस्ता अत्यावश्यक सामग्री हस्तान्तरण गरेको थियो ।

‘आजको आवश्यकता पैसा होइन, यी उपकरणको सहज आपूर्ति हो, उपचारको अभिभारा बोकेका स्वास्थ्यकर्मीको सुरक्षा हो, यसतर्फ हामी अत्यन्तै सजग र संवेदनशील छौं , आगामी ३ दिनभित्रमा देशभरिका सबै संवेदनशील स्थानमा पीपीईलगायत अन्य सामग्री उपलब्ध गराउने लक्ष्यसाथ अगाडि बढिरहेका छौं,’ चाैधरीले भने ।

फाउण्डेसनले कोभिड १९ को रोकथाम र उपचारका लागि आवश्यक सामाग्री भारतबाट आयात गर्नका लागि परराष्ट्र मन्त्रालय, नयाँदिल्लीस्थित नेपाली दूतावास र सम्बन्धित सरकारी निकायसँग सम्पर्कमा रहेर पहल गरिरहेका पनि बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.