वैदेशिक रोजगारीमा रहेका नेपालीको साहारा बन्न राजदूतावासलाई आग्रह

  २०७६ चैत १२ गते १७:०९     विकासन्युज

काठमाडौं । कोरोनाको संक्रमण बढेसँगै विदेशमा रहेका नेपालीको सुरक्षाबारे सरकारले सो देशको दूतावासलाई व्यवस्थापन गर्न निर्देशन दिएको छ । परराष्ट्र मन्त्रालयले विभिन्न देशका कूटनीतिक नियोगका प्रमुखहरुसँग भिडियो कन्फ्रेन्समा नेपालीको अवस्थाबारे जानकारी लिएको हो ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवको उपस्थितिमा इजराइल, दक्षिण अफ्रिका, मलेसिया, जापान, दक्षिण कोरियामा रहेका नेपालीको अवस्थाबारे उक्त भिडियो कन्फ्रेन्स गरेका हुन् ।

उक्त छलफलमा भिसा सकिएर नेपाल आउने क्रममा रहेका नेपालीले काम गर्ने कम्पनीसँग समन्वय गरि गाँस, बास र अति आवश्यक सेवा सुविधा व्यवस्थापन गर्न सम्बन्धित दूतावासलाई पहल गर्न सरकारले दिएको छ । नेपालीको उच्च मनोबल खस्किन नदिनको आग्रह गरेको छ । त्यस्तै, सोमबार मध्यपूर्व, अफ्रिकास्थित नेपाली राजदूतसँग त्यहाँको अवस्थाबारे छलफल गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.