ठप्प बने निर्माणाधीन राष्ट्रिय गौरवका आयोजना

  २०७६ चैत १२ गते १८:०९     सन्ताेष राेकाया

काठमाडाैं । विश्वरभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण र त्रास बढ्दै गएको बेला नेपालका निर्माणाधीन आयोजनाहरु ठप्प बनेका छन् । नेपाल सरकारले कोरोनाको जोखिम न्यूनिकरणका लागि देशभर नै लक डाउन गरेपछि ती आयोजनाहरु ठप्प बनेका हुन् ।

विभिन्न समयमा सम्पन्न हुने भनिएका राष्ट्रिय गौरवका आयोजनाहरु यतिखेर ठप्प बनेका छन् । देशैभर सरकारले लक डाउन घोषणा गरेपछि ती आयोजनाको काम रोकिएको हो । अब आएर ती आयोजनाहरुको निर्माण कार्य समयमै सम्पन्न हुनेमा शंका उब्जिएको छ । देशका विभिन्न ठाउँमा निर्माणाधीन अवस्थामा रहेका ती आयोजनाका कोरोनाम भाइरसको प्रत्यक्ष असर परेको आयोनजा कार्यालयहरुले जनाएका छन् ।

विश्वभर फैलिरहेको कोरोना भाइरसको असर निर्माणाधीन परियोजनाहरुमा पनि देखिएको छ । नेपाल सरकारले राष्ट्रिय गौरवका आयेजनाका रुपमा लिइएका परियोजनाहरुमा कोरोनाको असर देखिएको बताइएको हो । यसले पनि निर्माणाधीन आयोजनाहरुको काम समयमै सम्पन्न हुनेमा शंका उब्जिएको छ ।

निर्माणाधीन परियोजनाका लागि प्रायः जसोे सामग्रीहरु विदेशबाट आयात हुन्छन् भने धेरै कामदारहरु पनि भारत र चीनबाट आउने गर्दछन् । अहिले लक डाउनकै कारण निर्माण सामाग्राी आयात रोकिएको छ । आयोजना निर्माणको ठेक्का लिएको ठेकेदाहरुले पनि कोरानाको कारण निर्माण कार्य ठप्प भएको बताएका छन् । उनीहरुले लक डाउनकै कारण काममा निरन्तरता दिन नसकेको बताएका छन् ।

स्वदेशी लगानीमा निर्माण भइरहेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले आउँदो असारबाट विद्युत उत्पादन गर्न सुरु गर्ने बताए पनि कोरोनाको कारण यसको काम लम्बिने सम्भावना बढेको छ । आयोजनामा प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठले लक डाउनको कारण निर्माण कार्यमा निरन्तरता दिन नसकेको बताए । उनले हाल इमरजेन्सीको मात्र काम भइरहेको बताए । निर्माणाधीन आयोजना एकान्त ठाउँमा भएकोले सिमित कामदारले काम गरिरहेका छन् ।

यस्तै, १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनाको काम सबै रोकिएको मध्यभोटेकोशी जलविद्युत आयोजना प्रमुख सुनिलकुमार लामाले जानकारी दिए । वर्षा अघि नै हेडवक्र्सको काम सम्पन्न गर्नुपर्ने भएपनि कोरोनाका कारण काम गर्न समस्या भउको प्रमुख लामाले जानकारी दिए । अरु काम बन्द भएपनि हेडवक्र्सको काम चाँही गर्ने हो कि भनेर टिमसँग बसेर छलफल भइरहेकाे उनकाे भनाइ छ ।

साढे सात किलोमिटर सुरुङ मध्ये आयोजनको अब करिब ५ सय मिटर मात्रै सुरुङको काम बाँकी रहेको आयोजना प्रमुख लामाले जानकारी दिए । तिन वटा टनेल मध्ये टनेल थ्रिको बे्रक थु्र भएपनि टनेल १ को ४५० र २ को ५० मिटर खन्न बाँकी रहेको छ । समग्रमा आयोजनाको ९३ प्रतिशत काम पुरा भएको छ । २०२० को अन्तसम्म विद्युत उत्पादन गर्ने लक्ष्य भएपनि सबै कारणले गर्दा अब फेरी यो मिति पर धकेलीने आयोजना प्रमुख लामाले जानकारी दिए ।

आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीले पाएको छ । बलेफी करिडोरमा निर्माण भइरहेका जलविद्युत आयोजनाका सबै काम पनि रोकिएको छ  । नेपाल नागरिक उडड्यन प्राधिकरणका सूचना अधिकारी त्रिलोचन पौड्यालका अनुसार देशभर निर्माधीन अवस्थामा रहेको सबै विमानस्थलहरु अहिले ठप्प भएको बताए ।

देशभरि नै लक डाउन भएकोले काम गर्ने वातावरण नभएको उनको भनाइ छ । उनले निर्माणधीन विमानस्थलहरुमा धेरै असर पार्न सक्ने बताए ।  यस्तै, पोखरा क्षेत्रिय विमानस्थलको निर्माणको निर्माण कार्यमा पनि समस्या आएको छ । परियोजना प्रमुख विनेश मुनाकर्मिका अनुसार देशभर भइरहेको लक डाउनले पोखरा विमानस्थललाई धेरै समस्या परिरहेको छ ।

उनले हाल थोरै कामदारले मात्रै भित्र बसेर काम गरिहेको बताए । निर्माण कार्यमा सिमेन्टको अभाव देखिएको उनको भनाइ छ । हाल विमानस्थलको निर्माण कार्य ५६ प्रतिशत भइसकेको छ । उक्त विमानस्थलको कुल लागत २२ अर्ब हो । २०२१ जुलाईमा निर्माण कार्य सक्ने भनिएको विमानस्थलको ६ महिना अगावै काम सक्ने आयोजना कार्यालयको दावि थियो । अब भने कोरोनाको कारण काम लम्बिने खतरा बढेको छ ।

हाल कोरोना भाइरसकै कारण धेरै राष्ट्रिय गौरवका आयोजनाहरु प्रभावित भएका छन् । यस्तै, काठमाडौँ उपत्यकाको खानेपानी समस्या समाधानका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनामा पनि ठूलो समस्या देखा परेको छ । कोरोनाका कारण आयोजनामा त्यति समस्या नपरेको भनिए पनि अहिलेको लक डाउनले समस्या देखा परेको छ ।

एक साता अघि मात्रै खानेपानी मन्त्री विना मगरको उपस्थितिमा मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी हालेर पहिलो परीक्षण सम्पन्न भएको थियो । दशै अघि नै मेलम्चीको पानी काठमाडौमा ल्याउने योजना अनुसार तिव्र गतिमा काम भइरहेपनि कोरोनाका कारण अब ढिला हुन सक्ने कार्यकारी निर्देशक खत्रीले बताए । आयोजना स्थलमा काम गर्ने स्थानीय मजदुरहरु घर फर्केपनि विदेशी मजदुरहरु भने आयोजना स्थलमा नै सुरक्षीत संग बसिरहेको खत्रीले बताए ।

आयोजना क्षेत्रमा अहिले ६ स्थानमा काम भइरहेको छ । ६ स्थानमा गरी २ सय ५० बडी कामदार भएपनि स्थानीय कामदारहरु सबै घर गएको खत्रीले बताए । आयोजनामा ४२ चिनियाँ मजदुरहरु रहेको आयोजनाले जानकारी दिएको छ । अहिले आयोजना स्थलमा बाँध बनाउने, सुरुङमार्गमा गेट बनाउनेलगायतका कामहरु भइरहेको छ ।

अडिट टनेल बन्द गर्ने,भेन्टीलेसन लगायतका काम पनि भइरहेपनि त्यो सबै काम अहिले रोकिएको आयोजनाले जानकारी दिएको छ । इटालीयन ठेकेदार कम्पनी सिएमसीले काम छाडेपछि बाँकी काम पुरा गर्न सरकारले चिनियाँ सिनो हाइड्रोलाई खानेपानी आयोजनाको काम दिएको थियो । असोज भित्र आयोजनाको काम सम्पन्न हुने गरी सिनोसँग ठेक्का सम्झौता भएको थियो ।

साढे २६ किलोमटिर सुरुङ मध्ये बाँकी रहेको काम पुरा गर्न ८५ करोड र हेडवक्स लगायत अन्य संरचनाको काम गर्न १ अरब २ करोड रुपियाँमा सिनो सँग ठेक्का सम्झौता भएको थियो । असोज भित्र सुरुङको काम पुरा गरे ठेकेदार कम्पनीलाई आयोजनाको तर्फबाट १० प्रतिशत बोनस दिने घोषणा समेत आयोजनाले गरेको थियो । हाल सबै निर्माधीन राष्ट्रिय गाैरवका आयोजनाहरुकाे काम ठप्प बनेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.