सुनसान बन्याे त्रिभुवन विमानस्थल, आन्तरिक र बाह्य उडान ठप्प

  २०७६ चैत ११ गते ११:३४     विकासन्युज

काठमाडाैं । देश पूर्ण रूपमा लक डाउन भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पनि सुनसान बनेकाे छ। आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा ठप्प छ । आज कुनै पनि उडान नभएको विमानस्थल कार्यालयले जनाएको छ ।

यसअघि अन्तर्राष्ट्रिय हवाई उडानमा सरकारले रोक लगाएपनि यात्रु लिन भन्दै केही विमान कम्पनीले उडान गरेका थिए । आज भने कुनै पनि विमान नआएको र सम्पर्कमा समेत नरहेको विमानस्थल कार्यालयले बताएकाे छ ।
यस्तै, आन्तरिकतर्फको उडान पनि पुर्ण रूपमा बन्द छ । आन्तरिक विमान सेवा प्रदायकहरूले चैत १८ गतेसम्म बन्द रहेको सूचना सार्वजनिक गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.