अष्ट्रेलियामा आजबाट लकडाउन सुरु

  २०७६ चैत १० गते १०:५३     विकासन्युज

काठमाडौं । अष्ट्रेलियामा आजबाट लकडाउन सुरु भएको छ । अत्यावश्यक ठाउँहरु बाहेक अष्ट्रेलियामा सबै ठाउँहरु आजबाट बन्द गरिने भएकाे हो ।

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आजबाट लकडाउन गर्न घोषण गरेका हुन् ।

क्यासिनो, बार, नाईटद क्लब, सिनेमा घर, जिम सेन्टर जस्ता मनोरन्जनका स्थानहरु बन्द हुनेछन् भन रेष्टुरेन्टहरुमा टेकअवेको मात्र व्यवस्था हुनेछ ।

सुपरमार्कट, पेट्रोल स्टेसन, फामेर्सी, अस्पताल, सपिङ मल, बैंकहरु खुला हुनेछन् । यसका साथै पार्क जस्ता सार्वजनिक ठाउँहरु पनि खुला हुनेछन् ।

यद्यपी विद्यालयहरु बन्द नहुने मोरिसनल बताएका छन् । तर अभिभावकहरुले चाहेको अवस्थामा आफ्ना छोराछोरीलाई घरमै राखेर अनलाईन कक्षाहरु उपल्बध भए लिन सक्ने उनले बताएका छन् ।

यस्तै अष्ट्रेलिया बासीहरुलाई पुर्ण रुपमा घरबाट निस्कन रोक भने लगाईएको छैन । उनीहरुलाई मानिसहरुसँग बाहिर निस्कँदा कम्तिमा पनि एक मिटरको दुरी राख्न आग्रह गरिएको छ ।

यस्तै  उनीहरुलाई अनावश्यक यात्राहरु पनि नर्गन अनुरोध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.