द ब्रिटिस कलेजले अनलाइनबाटै पढाउन थाल्याे

  २०७६ चैत ९ गते १३:५०     विकासन्युज

काठमाडौं । काठमाडौं थापाथलीस्थित द ब्रिटिस कलेजले अनलाईन कक्षा संचालनमा ल्याएको छ । विश्वव्यापी रुपमा फैलिइएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणको कारण कलेजले आइतबारबाट अनलाईन कक्षाहरु संचालनमा ल्याएको हो ।

कलेजले विद्यार्थी तथा कर्मचारीहरुको सुरक्षालाई ध्यान दिँदै उक्त निर्णय गरि कार्यान्वयनमा ल्याएको जानकारी दिएको छ । नेपाललाई विश्व स्वास्थ्य संगठनले पनि कोरोना भाइरसको संक्रमणको उच्च जोखिममा रहेको राष्ट्रको रुपमा लिएको तथा नेशनल हेल्थ सर्भिस (यूके) र नेपाल सरकारले समेत सतर्कता अपनाउन निर्देशन दिएसँगै कलेजले अनलाइन कक्षा गर्ने निर्णय कार्यान्वयनमा ल्याएको हो ।

विद्यार्थी तथा शिक्षकहरु कक्षाकोठामा उपस्थित नभए पनि पठनपाठनमा कुनै प्रभाव नपर्ने कलेजले बताएको छ । यसको लागि प्रध्यापकहरुले विद्यार्थीहरुलाई अनलाईन प्लेटफर्ममार्फत कक्षा दिनेछन् । साथै विद्यार्थीहरुको सेवाको लागि कलेजका हरेक शाखाको हटलाइन नम्बरहरु संचालनमा रहेका छन् । उपलब्ध भएका हरेक शाखाका हटलाइन नम्बरसँगै इमेल, ह्वाट्स एप तथा भाइबरबाट समेत विद्यार्थीहरुले कलेजबाट पाउने सेवा पाउनेछन् । कलेजले हालको अवस्थाको बारेमा सम्बन्धन लिएका विश्वविद्यालयहरुलाई पनि यसबारेमा जानकारी गराई आगामी दिनमा पठनपाठनलाई सहज बनाउने र विद्यार्थीहरुको पढाइको गुणस्तरमा कुनै कमी हुन नदिने दृढता समेत व्यक्त गरेको छ ।

साथै कलेजले यस अवस्थालाई सबैले बुझ्न तथा अवस्था अनुकुल हुनेवित्तिकै नियमित पढाईमा फर्कने बताएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.