दैनिक उपभोग्य सामानमा कालोबजारी गर्नेलाई ५ वर्ष कैद

  २०७६ चैत ७ गते १७:४३     विकासन्युज

काठमाडौँ । दैनिक उपभोग्य सामानमा कालोबजारी गर्नेलाई ५ वर्ष कैद हुने भएको छ । नेपाल सरकारले ग्यास, पेट्रोललगायत अन्य उपभोग्य वस्तुमा कालोबजारी गरेमा पाँच वर्षसम्म कैद गर्ने निर्णय गरेकाे हो ।

शुक्रबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रालयमा बसेको मन्त्रीस्तरीय बैठकले सो निर्णय गरेको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको अध्यक्षतामा बसेको बैठकले ग्यास र उपभोग्य वस्तुको कालोबजारी गरेमा ५ वर्षसम्म कैद गर्ने निर्णय गरेको हो ।

विश्वभर कोरोना भाइरसले त्रास उत्पन्न भइरहेको बेला नेपाल सरकारले ग्यास, पेट्रोललगायत अन्य उपभोग्य वस्तुमा कालोबजारी गरेका पाँच वर्षसम्म कैद गर्ने निर्णय गरेको छ । मन्त्रालय उच्च स्रोतका अनुसार बैठकले ग्यास उद्योगले असहयोग गरे अनुमति खारेज गर्ने निर्णय पनि गरेको छ ।

कोरोना भाइरसको त्रासले मास्कदेखि ग्याससम्म कालोबजारी हुने गरेको सर्वसाधारणको गुनासो छ । यतिखेर बजारमा विभिन्न दैनिक उपभोग्य वस्तुहरुको कृतिम अभाव देखाउँदै सामानमा कालोबजारी बढेको छ । यसको नियन्त्रण तथा रोकथामका लागि सरकारले यस्तो निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.