नेपाल उद्योग वाणिज्य महासंघकाे साधारणसभा जेठ ७ र ८ गते हुने

  २०७६ चैत ६ गते १६:१६     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ को साधारणसभा जेठ ७ र ८ गते हुने भएको छ । सरकारले कोरोना भाइरस (कोभिड -१९) नियन्त्रणका लागि कडाई गरेसँगै चैत २८ र २९ गते हुने भनिएको साधारणसभाको मिति महासंघले सारेको हो ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समितिले कोभिड १९ को संक्रमण नियन्त्रण तथा रोकथाम लागि बसेको बैठकले भिडभाडजन्य कार्यका लागि थप कडाइ गरेसँगै महासंघको उक्त निर्णय गरेको जनाएकाे छ ।

बिहीबार महासंघको अध्यक्ष भवानी राणा संयोजकत्वमा उपस्थिति पदाधिकारीहरुको सहमतिमा साधारणसभाको मिति सार्ने निर्णय भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.