सिजीका एयर कुलर नेपाली बजारमा

  २०७६ चैत ६ गते १३:४९     विकासन्युज

काठमाडौं । इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले गर्मी महिनालाई लक्षित गरी विभिन्न किसिमका आकर्षक एवं गुणस्तरीय कुलर नेपाली बजारमा ल्याएको छ । सिजीले यी कुलरहरु विभिन्न प्रकार र साईजहरुमा उपलब्ध गराएको छ ।

जसमा डेजर्ट कुलर, पर्सनल कुलर, विन्डो कुलर र टावर कुलर रहेका छन् । हेर्दा निकै नै आकर्षक देखिने यी कुलरहरुमा अनेकौ विशेषताहरु पनि रहेका छन् ।

ती विशेषताहरुमा कन्सिड कपर मोटर, आल्मुनियम ब्लेड, ठुलो पानीको ट्याकि, हनिकम्ब प्याड, पावरफुल मोटर, मल्टिडाइमेन्सनल एयरफ्लो, कास्टोर मोविलिटि, आईस च्याम्बर, डस्ट फिल्टर नेट, कार्वन फिल्टर, भिटामिन सि फिल्टर, इनर्जी सेभिङ र इको फ्रेन्डली रहेका छन् ।

यी कुलरहरु सजिलैसँग चलाउन रिमोट पनि उपलब्ध गराएको छ । सबै भन्दा धेरै रेन्ज भएको कुलरहरु छानी छानी आफ्नो आवश्यता अनुसार सजिलै खरिद गर्न सकिनेछ । यी कुलरहरुमा १२ महिनाको वारेन्टी उपलब्ध गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.