शाओमीको नयाँ आधिकारीक सर्भिस सेन्टर पोखरामा शुरु

  २०७६ चैत ४ गते १४:३५     विकासन्युज

काठमाडौं । शाओमी ग्लोबल टेक्नोलोजीले पोखरामा नयाँ आधिकारीक सर्भिस सेन्टर शुरु गरेको छ । लिडरले मंगलबार आफ्नो नयाँ आधिकारिक सर्भिस सेन्टरको घोषणा गरेको हो ।

पोखराको महेन्द्रपुलमा अवस्थित कम्पनीको गण्डकी प्रदेशको पहिलो सर्भिस सेन्टर र नेपालभरमा कम्पनीको पाँचौं सर्भिस सेन्टर हो जुन शाओमीले आठ महिनाको अवधिमा संचालनमा ल्याएको छ । अन्य सर्भिस सेन्टरहरु काठमाडौं, नारायणघाट, नेपालगन्ज र इटहरीमा अवस्थीत छन् ।

ब्राण्डको रुपमा शाओमीले गुणस्तर र प्रक्रियामा उच्च बेन्चमार्क निर्माण र कायम गर्न लगनशील प्रयासहरु प्रदर्शन गरिरहेको छ र नेपालमा आफ्टर सेल्स् सर्भिस नेटर्वक विस्तार गरेर यसतर्फ महत्वपूर्ण कदम चालेको छ । प्रत्येक सर्भिस सेन्टर ४०० वर्ग फिटमा फैलिएको छ जहाँ टेक्निशियन र प्रोफेशनलहरुको समर्पित टोलीले प्रयोगकर्ताहरुलाई छिटो समस्या समाधान गर्न सहयोग पु¥याउँछन् ।

यस अवसरमा शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर शौरभ कोठारीले आफ्टर सेल्स र ग्राहक सेवाप्रतिको प्रयासमा नवीनतम उपायहरुको उत्तम कार्यान्वयन गर्न जारी राखेको बताए ।

यी सर्भिस सेन्टरहरु संचालनमा आएसँगै नेपालको प्रयोगकर्ता समुदायमा आधिकारिक उत्पादनहरुको प्रयोग बढेको र उपत्यकाभित्र वितरण र संकलनका लागि समर्पित टोली, लगातार क्वालिटी जाँच र देशभरका सबै प्रमुख बजारहरुमा समर्पित सर्भिस वेयरहाउस र कलेक्सन पोइन्टको पर्याप्त पहुँच भएको लिडरले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.