नेबिको बिष्कुटद्वारा अपाङ्ग सेवा संघमा आश्रित बालबालिकालाई सहयाेग

  २०७६ चैत ३ गते १७:२४     विकासन्युज

काठमाडाैं । नेबिको बिस्कुटले ललितपुरको बुङमतीस्थित अपाङ्ग सेवा संघका आश्रित बालबालिकाका लागि बिस्कुटहरु सहयोग स्वरुप प्रदान गरेको छ । कम्पनीका ब्राण्ड म्यानेजर अरुण पौडेलले सोमबार अपाङ्ग सेवा संघका अध्यक्ष दयाराम महर्जनको उपस्थितिमा अपाङ्ग बालबालिकालाई उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।

नेबिकोले यसअघि पनि अपाङ्ग सेवा संघलगायत अन्य सामाजिक संस्थाहरुलाई बिस्कुट सहयोग गर्दै आएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत यस्तो सहयोग गर्दै आएको ब्राण्ड म्यानेजर पौडेलले बताए । आगामी दिनमा यस्तो सहयोग गर्दे जाने बताए । संस्थाले अपाङ्ग बालबालिकालाई पढाउने तथा अन्य रचनात्मक क्रियाकलापमा लगाउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.