एनआईसी एशिया बैंकका ग्राहकलाई अकामा होटलमा २० प्रतिशत छुट

  २०७६ चैत २ गते १४:५२     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले काठमाडौं धुम्बाराहीस्थित अकामा होटलको सेवा शुल्कमा २० प्रतिशत छुट पाउने भएका  छन् । बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले होटलको सेवा प्रयोग गरे वापत साे मात्रामा छुट पाउने सम्बन्धी  सम्झौता भएकाे हाे ।

उक्त सम्झौतापत्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृतसन्तोष कुमार राठी र होटलका महाप्रबन्धक राजु श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

समझदारी अनुसार बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले होटलको सेवा प्रयोग गरे वापत रकम भुक्तानी गर्दा २० प्रतिशत छुट पाउने छन् । साथै यस बैंकका कर्मचारीहरूलाई पनि सो योजना अनुसारको छुट उपलब्ध हुनेछ ।

समझदारीका सर्तहरू एक वर्षको लागि लागू हुनेछन् । यसैगरी ग्राहकले देशभरका २,४०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई कारोबार रकमको ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने छन् ।

बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरु, ४५४ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६० वटा शाखारहित बैंकिङ्गमार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने ठूलो शाखा सञ्जाल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.