अब शंकरदेवको फी ग्लोबल आइएमईको मोबाइल बैंकिङबाटै तिर्न सकिने

  २०७६ फागुन २९ गते १८:३७     विकासन्युज

काठमाडौं । अब शंकरदेव क्याम्पसका विद्यार्थीहरुले ग्लोबल आइएमई बैंकबाटै शुल्क भुक्तानी गर्न सक्ने भएका छन् । क्याम्पसका विद्यार्थीहरुले ईन्टरनेटको प्रयोग गरि विभिन्न माध्यमबाट शुल्क भुक्तानी गर्न सकिने सम्बन्धी दुई संस्थाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षेत्री र शंकरदेव क्याम्पसका प्रमुख कृष्ण प्रसाद आर्चायले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता पश्चात, शंकरदेव क्याम्पसमा अध्यनरत सम्पूर्ण विद्र्यार्थीहरुले कलेजलाई भुक्तानी गर्नुपर्ने शुल्क अब बैंकको मोबाईल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग मार्फत सजिलै भुक्तानी गर्न सक्नेछन् ।

समयसापेक्ष डिजिटल बैंकिङ्ग सेवालाई प्रर्वदन गर्ने उद्देश्य अनुसार ग्लोबल आइएमई बैंकले विभिन्न संघ संस्थाहरुलाई आफ्नो भुक्तानी संकलन गर्नका लागि प्रविधिमैत्री सुविधा उपलब्ध गराउँदै आईरहेको छ । शंकरदेवसंगको यस सहकार्य मार्फत सो क्याम्पसमा अध्यनरत विद्यार्थीहरुलाई शुल्क भुक्तानी गर्नकै लागि बैंक जानुपर्ने बाध्यता हट्ने छ भने विद्यार्थीहरुको समय पनि वचत हुने अपेक्षा राखिएको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

बैंकले देशैभर रेहेका शाखा सञ्जाल लगायत ३८ वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, २५६ एटिएम, २४९ शाखारहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय (अष्ट्रेलिया, बेलायत र भारत) मार्फत आफ्ना १९ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.