आजैदेखि नयाँ १०० शाखाले नाफा कमाउन थाले, बैंकको बोनस १८% भन्दा कम हुन्न- नारायणदास मानन्धर

  २०७६ फागुन २९ गते १४:४५     विकासन्युज


नारायणदास मानन्धर, प्रमुख कार्यकारी अधिकृत- प्राइम कमर्शियल बैंक लिमिटेड

कैलाश विकास बैंक प्राप्तिपछि प्राइम कमर्शियल बैंकको पोजिशन के हो ?

बैंकको चुक्ता पुँजी १३ अर्ब ९८ करोड रुपैयाँ भयो । निक्षेप १३० अर्ब र कर्जा लगानी ११४ अर्ब रुपैयाँ भयो । शाखा संख्या २०० वटा भयो । समग्रमा हेर्दा हामी टप पाँचौ वा छैटौ पोजिशनमा पुग्यौं होला ।

प्राइम बैंकले विकास बैंकलाई मात्र एक्वाएर गर्दै आयो । राष्ट्र बैंकको चाहाना वाणिज्य बैंकहरुबीच मर्ज होस् भन्ने छ । प्राइम बैंक र अर्को वाणिज्य बैंकबीच मर्ज किन हुने सकिरहेको छैन ?

सरकारले वा राष्ट्र बैंकले म्याक्रो लेवलबाट कुरा गर्छन् । उनीहरुले देशको आवश्यकतालाई ध्यानमा राखेर कुरा गर्छन्, नीति बनाउँछन् । हामीले हेर्ने भनेको हाम्रो संस्थालाई कसरी बलियो बनाउने भनेर हो । प्राइम कमर्शियल बैंकले अधिकृत पुँजी २२ अर्ब रुपैयाँ बनाइसकेको छ । हामी चुक्ता पुँजी पनि २२ अर्ब बनाउने योजनाका साथ अगाडि बढेका छौं ।

मर्ज गर्ने भनेको २ प्लस २ मा ५ हुने अवस्थामा हो । ५ हुने गुन्जायस छ भने हामी अगाडि बढ्छौं । २ प्लस २ गरेर ३ हुने गरी हामी मर्जमा जाँदैनौ ।  ४/५ वटा वाणिज्य बैंकसँग मर्जको कुरा भएको पनि हो । हिजोसम्म हामीले कैलाश विकास बैंक प्राप्तिको कार्यमा थियौं । यो काम नसकिएसम्म हामी अरुसँग मर्ज गर्दैनौं नै भनेका थियौं । आजबाट कैलाशसँगको मर्ज प्रक्रिया सकियो । अब भोलिदेखि नयाँ मर्जको विषयमा कुरा हुनसक्छ ।

मर्जमा जान हाम्रो एउटा स्पष्ट सर्त छ । मर्जपछि हाम्रा सेयरधनीले पाउने लाभांशको दरमा कुनै गिरावट नआओस् । यस वर्ष हामीले सेयरधनीलाई १८ प्रतिशत लाभांश दियौं । मर्जपछिको लाभांश पनि १८ प्रतिशतभन्दा कम हुनु हुन्न । लाभांश १९/२० हुने अवस्थामा मर्जमा जान्छौं । १६/१५ हुने गरी मर्जमा जाँदैनौ ।

एउटा मात्र सर्त हो ?

त्यति हो ।

प्राइम बैंकको नाम पनि गुमाउन तयार ?

त्यो त जरुरी नै छैन । प्राइम बैंकको नाम नै गुमाएर मर्जमा हामी जाँदैनौ । जानु पर्ने आवश्यकता नै छैन ।

राष्ट्र बैंकले पुँजी २० अर्ब बनायो भने ?

राष्ट्र बैंकले अहिले ८ अर्ब भनेको छ, हामीसँग १४ अर्ब पुँजी भईसक्यो । २० अर्ब बनाउन पनि हामी सक्षम भईसक्यौं । राष्ट्र बैंकले पनि आजै २० अर्ब बनाउँ त भन्दैन होला । कम्तिमा एक वर्ष समय देला । चालु आर्थिक वर्षको नाफाबाट ३ अर्बको बोनस सेयर दिन सकिन्छ । अर्को वर्ष ३ अर्बको बोनस सेयर दियो भने २० अर्ब रुपैयाँ चुक्ता पुँजी भईहाल्छ ।

पुँजी वृद्धि गर्नको लागि हामी मर्जमा जानु पर्ने अवस्था होइन । राष्ट्र बैंकका अरु पनि कन्सर्न छन् । संस्था बलियो होस्, सानातिना झड्काले बैंकलाई असर नपरोस्, ग्राहकलाई दिने सेवा सुविधा स्तरीय होस् भन्ने राष्ट्र बैंकको उदेश्य छ । त्यसमा हामीले साथ दिनुपर्छ । राष्ट्र बैंकले मर्जमा जानेलाई सुविधा पनि दिएको छ । सरकारले दिएको सुविधा पनि पाइन्छ भने मर्जमा नजानुपर्ने कारण पनि छैन ।

त्यसो भए वाणिज्य बैंकसँग मर्जमा जादै हुनुहुन्छ ?

अनुकूल अवस्था भयो भने जान्छौं । अब कुरा गछौं ।

सेञ्चुरी बैंकसँग मर्जमा जाने तयारी हो ?

एउटा बैंकको नाम लिएर कुरा नगरौं । ४/५ वटा बैंकबाट कुरा आएको छ । त्यसमा पुराना बैंक पनि छन्, नयाँ बैंक पनि छन् ।

सरकारको नीतिको दवावमा मर्जमा जाँदै हुनुहुन्छ कि बजारमा भएको प्रतिस्पर्धी वातावरणको दवावमा मर्जमा जाँदै हुनुहुन्छ ?

बजारबाट हामीलाई दवाव छैन । हामी कुनै पनि बैंकसँग प्रतिस्पर्धामा छैनौं । हामीले हाम्रा ग्राहकलाई सबैभन्दा राम्रो सेवा कसरी दिने भनेर काम गरिरहेका छौं ।

हामी अरु बैंक गएको ठाउँमा गएका छैनौं । हामी नयाँ ठाउँमा जान्छौं । जस्तै, न्यूरोडको उदाहरण हेरौं । न्यूरोडमा सबै बैंकका शाखा छन् । गल्ली गल्लीमा सहकारी छन् । तर गल्ली गल्लीमा घर भएका, गल्ली गल्लीमा व्यापार गरी बसेकोहरुको बैंकमा पहुँच नै थिएन । किनकी उनीहरुको घरमा मोटर रोड थिएन । न्यूरोडमा सडकले नछोएको बजारमा हामी छिर्यौ । हामीले उनीहरुलाई बैकिङ सेवा दियौं । डा. बाबुराम भट्टराईको पालामा सडक विस्तार हुँदा आधा घर भत्किएको मानिसहरुलाई हामीले कर्जा सुविधा दियौं । कृषिमा त्यस्तै नयाँ सेवा दिएको छौं । कृषि कर्जा दिनलाई सडक खोजेर हुँदैन । राष्ट्र बैंकले भन्नुपर्दैन, हामीले राम्रो सम्भावना देख्यौ भने नयाँ सेवा दिईहाल्छौं ।

कोरोना भाइरसले ठूलो संकट ल्याउने अनुमान भईरहेको छ । यसले बैंकिङ बिजनेशमा कस्तो असर गर्ला ?

हामीले जोखिमको मूल्याङकन थालेका छौं । ग्राहकहरुसँग छलफल शुरु गरेका छौं । शुरुमा हामीले देखेका छौं कि ठूलो असर पर्ने देखिदैन, थोरै असर पर्छ । कोरोनाले पार्ने असर न्यूनिकरण गर्न सरकारले सहयोग गर्नुपर्छ । हामीलाई आशा छ सरकारले राहातको कार्यक्रम ल्याउने छ । हुनसक्छ अमेरिका वा युरोपको जस्तो ५/१० विलियन डलरको वेलवाउट प्रोग्राम ल्याउन नेपाल सरकारले सक्दैन । तर प्रोभिजिनिङलाई खुकुलो बनाउने, सावा व्याज भुक्तानीलाई रिसेडुलिङ गर्ने जस्ता कार्यमा नीतिगत सहयोग राष्ट्र बैंकले गरिदिनुपर्छ । कर्जा मिनाहा, व्याज मिनाहा गर्नुपर्छ भनेर म भन्दिन । तर यस्तो बेलामा कर्जा तिरेन भनेर व्यवसायीहरुको सम्पत्ति बैंकले लिलामी गर्नु हुँदैन ।

बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन संशोधन हुँदैछ । त्यसमा सीईओको उमेर हद तोकिदैछ । नयाँ ऐन आएपछि तपाई त बिदा बस्ने होला नि ?

प्राइम बैंक स्थापना भएको दोस्रो वर्षदेखि लगानीकर्तालाई बोनस खुवाउँदै आएको छ । हरेक वर्ष राम्रो दरमा बोनस दिएको छ । बैंकको बिजनेश विस्तार पनि राम्रो छ ।  अब सरकारले कानुन नै ल्याएपछि मैले बैंक छोड्नुपर्ने भयो भने यो पृथ्वीमा म सबैभन्दा ठूलो व्यक्ति हुनेछु ।

म काम गर्न सक्षम छु । मलाई स्वास्थ्यले पनि साथ दिएको छ । मेरो नेतृत्वमा बैंकले राम्रो गरिरहेको छ । तपाईहरुलाई थाहा नै छ प्राइम बैंक स्थापना भएको दोस्रो वर्षदेखि लगानीकर्तालाई बोनस खुवाउँदै आएको छ । हरेक वर्ष राम्रो दरमा बोनस दिएको छ । बैंकको बिजनेश विस्तार पनि राम्रो छ ।

अब सरकारले कानुन नै ल्याएपछि मैले बैंक छोड्नुपर्ने भयो भने यो पृथ्वीमा म सबैभन्दा ठूलो व्यक्ति हुनेछु । मैले जागिर खाएको पनि ५०औं वर्ष भईसक्यो । मेरो स्वभाव पनि शान्त ठाँउमा बस्ने खालको छ । कानुनले नै उमेर हद तोकेर घरमा बस्नु पर्ने भयो भने म खुशीसाथ घरमा बस्छु ।

अवकास लिने उमेर हद तोक्ने कुरा व्यक्तिको विचार हो, प्रसेप्सन हो । कुनै बेला ५५ वर्ष थियो । अहिले ६० वर्ष होला । कुनै बेला ७० वर्ष होला । संसारको विकास कसरी भईरहेको छ भनेर पनि हेर्नुपर्छ । मान्छेको आयु बढेको छ । स्वास्थपन बढेको छ । पेन्सन दिने व्यवस्था संसारमा महँगो हुँदैछ । ६० वर्षमा अवकास भएको व्यक्ति ९० वर्षसम्म बाँच्छ । सरकारले अवकास पाएका कर्मचारीलाई पेन्सन खुवाउन नसक्ने अवस्था आएको छ ।

दोस्रो, पढेलेखेका मान्छेको भरमा व्यापार व्यवसाय हुँदैन । युरोप र अमेरिकामा अनुभवले खारिएको व्यक्तिलाई निकै महत्व दिइन्छ । तर नेपालमा अनुभवले खारिएको व्यक्तिलाई जिम्मेवारी मुक्त गर्ने अभ्यास भईरहेको छ । मेरो बुझाईमा यो गलत हो । यो मेरो बारेमा कुरा गरेको होइन । वाफियाको कारण मैले अवकास लिनुपर्यो भने म यो पृथ्वीको सबैभन्दा खुशी हुने व्यक्ति हुन्छु ।

त्यसो भए राष्ट्र बैंकको सर्कुलर आएपछि तपाई त्यसको विरुद्ध किन अदालत जानुभयो ?

राष्ट्र बैंकको सकुलर आएपछि म खुशी नै थिए । राष्ट्र बैंकको सर्कुलर आएको दिन नै मलाई मुक्ति दिने पत्र आयो । यत्रो वर्ष काम गरेको संस्था । साथीहरुले मलाई भन्नुभयो- तपाईमाथि अन्याय भयो । उहाँहरुले अदालत जानु सुझाव दिनुभयो । उहाँहरुले नै ल्याएको पेपर मैले पढ्दा पनि नपढी सहि गरिदिएँ । त्यो पनि एक्ट्रिय भएको थियो ।

५५ वर्षभन्दा बढी बैकिङ क्षेत्रमा काम गर्नुभयो । लो प्रोफाइलमा बसेर राम्रो नतिजा दिने बैंकर्सको सूचीमा तपाईको नाम माथि आउँछ । तपाईले अपनाएको सूत्र के हो ?

म भन्दा जान्ने अरु धेरै होलान् । अहिलेको युवा पुस्ता झन मभन्दा जान्ने होलान् । उहाँहरुको तुलनामा म नजान्ने हुँला । व्यवसायमा सफलताको सूत्रबारे भन्नुपर्दा क्रेडिविलिटी (विश्वसनीयता) सबैभन्दा ठूलो कुरा हो । भेष्टेट इन्ट्रेष्ट हुनुभएन । हामीकहाँ जो ग्राहक आएपनि हामीले परिवारको सदस्यको रुपमा लिने गर्छौ । ग्राहकलाई ऋणी र आफूलाई साहुको व्यवहार म कहिल्यै पनि गर्दिन । उनीहरु मेरो बिजनेश पार्टनर हुन् । उनीहरुको बिजनेश प्लानमा बैंकले लगानी गरेपछि हामी बिजनेश पार्टनर भयौं । उनीहरुलाई समस्या आयो भने हामी सल्टाउन सहयोग गर्छौ, नियम बाहिर गएर होइन, नियम भित्र नै बसेर । बैंकले २ अर्ब नाफा गर्ने ठाउँमा १ अर्ब ९० करोड नाफा गरेर भएपनि ग्राहकलाई आवश्यक पर्दा सहयोग गर्नुपर्छ । त्यसैले हामीसँग काम गरेका ग्राहकले भन्छन् कि एक प्रतिशत व्याज बढी भएपनि प्राइम बैंकसँग नै काम गछौं । बैंकले एक दिन ढिला गर्दा व्यवसायीले ५/७ करोड रुपैयाँ घाटा खानुपर्ने अवस्था समेत आउँछ । त्यस्तो अवस्था आउन नदिन म आफै खटेर काम गर्छु ।

अर्को कुरा, बैंकमा काम गर्नेले जहिले पनि जागिर हत्केलामा राख्नुपर्छ । गलत काम गर्नु पर्ने अवस्थामा जागिर छोड्न तयार हुनुपर्छ । बोर्डबाट यो गरायो, त्यो गरायो भनेर साथीहरु भन्छन् । सीईओले के हेरेर बस्यो ? गर्न नहुने काम किन गरेको ? गर्दा गर्दै गल्ती हुनु बेग्लै कुरा हो । जानी जानी गलत काम गर्नुहुन्न । मैले धेरै संस्थामा राजीनामा गरेर हिडेको थिए ।

अन्त्यमा फेरी आजकै प्रशंग जोडौं । कैलाश विकास बैंक प्राप्तिसँगै प्राइम कमर्सियल बैंकले के के पायो ?

१०० वटा शाखा । सबै शाखा नाफामा छन् । आजै देखि प्राइम बैंकमा नाफा कमाउने १०० वटा शाखा थपिए ।

आजको दिनमा नयाँ शाखा आफैमा गाह्रो छ । ठाउँ खोज । कार्यालय बनाऊ । कर्मचारी नियुक्त गर । तालिम देउ । शाखा खोलेपछि नाफामा जान २/३ वर्ष लाग्न सक्छ । आजबाट हामीले १०० वटा शाखा बनिबनाऊ अवस्थामा पायौं । आजैदेखि नाफा कमाउन थालेको छन् । मार्केटिङ गर्न पनि परेन ।

दोस्रो, कैलाश विकास बैंकमा काम गर्ने संस्कार पनि राम्रो छ । त्यहाँको कर्मचारी, प्रमोटर, ग्राहक सबै पोजेटिम माइण्डमा छन् ।

तेस्रो, पुँजी, निक्षेप, कर्जा लगायत व्यवसाय पनि पायौं । त्यसैले कैलाश विकास बैंक प्राप्तिसँग प्राइम बैंकलाई धेरै लाभ भएको छ ।

कैलाश विकास बैंकका कर्मचारी क्षमता, शाखाको भौतिक पूर्वाधार अवस्था प्राइम बैंकको समस्तरमा छ ?

धेरै हदसम्म उस्तै छ । केही सुधार गर्नुपर्ला । तैपनि धेरै कठिन हुनेछैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.