कुवेत सरकारद्वारा अन्तर्राष्ट्रिय हवाई उडान बन्द

  २०७६ फागुन २९ गते ११:३७     विकासन्युज

काठमाडौं । कुवेत सरकारले सबै अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै व्यावसायिक उडान भोलिबाट बन्द गर्ने निर्णय गरेको छ । कुवेतले एक सूचना जारी गर्दै शुक्रबारदेखि लागू हुनेगरी व्यावसायिक हवाई सेवा बन्द गरिएको हो ।

विश्वव्यापी रूप लिइरहेको कोरोना भाइरस नियन्त्रण अभियानअन्तर्गत शुक्रबारदेखि लागू हुनेगरी व्यावसायिक हवाई सेवा बन्द गरिएको हो । कुवेत सरकारका अनुसार कुवेत सिटी अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै व्यावसायिक उडान भोलिबाट बन्द रहनेछन् ।

त्यस्तै, कर्मचारीहरूलाई पनि दुई साता बिदा दिइएको छ । कुवेत सरकारले त्यहाँ कार्यरत कर्मचारीलाई पनि दुई साता छुट्टी दिँदै घरमै बस्न अपिल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.