प्रधानमन्त्री ओली आज अस्पतालबाट डिस्चार्ज हुँदै

  २०७६ फागुन २७ गते ११:२८     विकासन्युज

काठमाडौं । गत बुधबार मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीलाई आज शिक्षण अस्पतालले डिस्चार्ज गर्ने भएको छ । यसका लागि अस्पतालले दिउँसो साढे ३ बजे पत्रकार सम्मेलन गर्ने तयारी गरिरहेको छ ।

ओलीको पिसाब बाहिर निकाल्न प्रयोग गरिएको क्याथेटर सोमबार निकालिएको हो भने पेटमा राखिएको ड्रेन पाइप मंगलबार निकालिएको छ ।

मृगौला प्रत्यारोपण गरेका व्यक्तिलाई सामान्यतया पाँच दिनमा डिस्चार्ज गर्न मिल्छ । तर, उनलाई संक्रमण नहोस् भनेर थप दुई दिन राखेको र चिकित्सकहरुले बाहिरी मान्छेलाई भेट्न नदिएको बताएका छन् ।

ओलीलाई मृगौला दान दिने भान्जी समिक्षा संग्रौला ज्ञवालीको पनि स्वास्थ्यमा सुधार भएको छ । प्रधानमन्त्री ओली र भान्जीलाई एकैपटक आज(मंगलबार) डिस्चार्ज गर्ने अस्पतालको तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.