चुनाव सार्ने नसार्ने बारे निर्णय गर्न महासंघले ३० गते बैठक बालायो

  २०७६ फागुन २५ गते १४:३१     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले चुनाव सार्ने वा नसार्ने भन्ने विषयमा बैठक बाेलाएकाे छ । महासंघले ३० गतेका लागि बैठक बोलाएको हो ।

महासंघले चैत २८ र २९ गते ५४औं वार्षिक साधारणसभा गर्ने भनिएपनि हाल विश्वभर फैलिरहेको कोराना भाइरसको कारण महासंघको चुनाव सर्ने सम्भावना बढ्दै गएको छ ।

सरकारले पनि कुनै पनि सभा, समारोह नगर्न आग्रह गरिसकेकाे छ । प्रदेेश महासंघले भने चुनाव सार्न दबाब दिँदै आएका बुझिएको छ ।

महासंघको २८ र २९ चैत्रमा हुने साधारणसभापछि हालको वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष बन्दैछन् । वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने महासंघको व्यवस्था अनुसार गोल्छा अध्यक्ष हुने भएपछि वरिष्ठ उपाध्यक्षमा रोचक भिडन्त हुँदैछ ।

चुनावका लागि यतिबेला उम्मेद्वारहरु भोट माग्न खटिएका छन् । उम्मेद्वारहरु भोटका लागि दौडिरहँदा यता महासंघको नेतृत्वले भने २८ चैतका लागि तोकिएको अधिवेशन स्थगन गरी नयाँ मिति तय गर्न छलफलमा जुटेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.