एनआईसी एशिया क्यापिटल चाैंथाे वर्षमा प्रवेश, यस्ता छन् हालसम्मका उपलब्धीहरु

  २०७६ फागुन २२ गते १७:५४     विकासन्युज

काठमाडौं । एनआईसी एशिया क्यापिटलले बिहीबार तीन वर्ष पुरा गरी चौथो वर्षमा प्रवेश गरेको छ । साे अवसरमा क्यापिटलले नयाँ ग्राहकहरुलाई सेवा शुल्कमा विशेष छुट दिने योजना ल्याएको छ ।

जस अन्तर्गत फागुन २२ गतेदेखि आगामी असार मसान्तसम्म नि-शुल्क रुपमा हितग्राही खाता खोलिदिने तथा पहिलो वर्षको खाता संचालन शुल्कमा छुटको व्यवस्था गरेको छ । यसको साथै फागुन २२ गतेदेखि चैत मसान्तसम्म लगानी व्यवस्थापन सेवा शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ ।

२०७६ साल फागुन २२ गतेदेखि संचालनमा आएको यस क्यापिटलले छोटो समयमा नैं मर्चेण्ट बैंकिङ्ग क्षेत्रमा सफल मर्चेट बैंकरको रुपमा आफ्नो नाम स्थापित गर्न सफल भएको छ । मर्चेण्ट बैंकिङ्ग व्यवसायमा तीब्र रुपमा प्रतिशपर्दा रहदा समेत एनआईसी एशिया क्यापिटल संचालनमा आएको तीन वर्षको छोटो अवधिमै निम्न उपलब्धी हाशिल गर्न सफल भएको छ ।

क्यापिटलको हालसम्मको प्रमुख उपलब्धीहरु:

– मर्चेण्ट बैंकरहरु मध्ये पहिलो आईएसओ ९००१ः२०१५ सर्टिफाइड क्यापिटल ।
– निक्षेप सदस्य तर्फ १ लाख ८३ हजार भन्दा बढी हितग्राही खाता ।
– लगानी व्यवस्थापन सेवा तर्फ ३०० ग्राहकहरुलाई उत्कृष्ट लगानी व्यवस्थापन सेवा प्रदान गर्दै आइरहेको ।
– नेपालमै पहिलो पटक आईपीओ ३७ घन्टमा बाँडफाँट गर्न सफल ।
– सेवाग्राहीहरुलाई उत्कृष्ट सेवा दिने उद्देश्यका साथ संध्याकालीन काउण्टर संचालन गरिरहेको ।
– सेयर रजिष्ट्रार सेवा तर्फ ८ वटा कम्पनीका २ लाख ५० हजार भन्दा बढी शेयरधनीहरुलाइ उत्कृष्ट सेवा प्रदान गरिरहेको ।
– म्युचुअल फण्ड सेवा अन्तर्गत २ वटा बन्दमुखी योजना मार्फत ३५ हजार भन्दा बढी इकाईधनीलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको । साथै नेपालमै पहिलो पटक ऋणपत्रमा लगानी गर्ने प्रमुख उदेश्यका साथ खुलमुखी सामूहिक लगानी कोष योजना संचालन गर्न स्वीकृतीको लागि नेपाल धितोपत्र बोर्डमा दर्ता गरिएको ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.