प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपण सफल

  २०७६ फागुन २१ गते १५:१९     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपण सफल भएको छ ।  त्रिवि  शिक्षण अस्पतालमा भएकाे ओलीको दोस्रो मृगौला प्रत्यारोपण सफल भएको हाे ।

ओलीलाई आज बिहान १० बजे शल्यकक्षमा लगिएको थियो । यसअघि उनको १२ वर्ष पहिले भारतमा मृगौला प्रत्यारोपण गरिएको थियो ।

याे सहित ओलीको शरीरमा ४ वटा मृगौला भएका छन् । पुराना मृगौला झिक्दा समस्या हुने र फेरी सर्जरी गर्नुपर्न हुनाले पुराना मृगौला शरीरमै राखिने चलन छ ।

प्रधानमन्त्रीको उपचार टोलीमा अस्पतालका युरोलजी तथा मिर्गौला प्रत्यारोपण विभागका प्राडा उत्तम शर्मा, प्राडा प्रेम ज्ञवाली, डा पवनराज चालिसे, डा सुमन चापागाईं, डा सुजित पौडेल, डा मनीष प्रधान, डा सुवाश आचार्य, डा अनिल श्रेष्ठ, डा दिव्या सिंह शाह, डा महेशराज सिग्देल, डा मकुन्द काफ्ले, डा रविन नेपाली र भारतीय डा अनन्त कुमारसमेत रहेका छन् ।

प्रधानमन्त्रीलाई उनको भान्जी पर्ने समिक्षा संग्रौला मृगौलाले दिएकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.