कोरोना भाइरस विशेषज्ञ डा.बास्तोला भन्छन्ः ‘कोरोना लाग्दैमा मान्छे मर्दैन’

  २०७६ फागुन २० गते १५:२८     डोमी शेर्पा

 

काठमाडौं । यतिखेर विश्वभर कोरोना (कोभिड–१९) को त्रास छ । चीनबाट सुरु भएको भनिएको कोरोना भएको कोरोना भाइरसको संक्रमणका कारण विश्वभरका नागरिकरुमा डर त्रास र भयको वातावरण सिर्जना भएको छ ।

कोरोनाको संक्रमण भइसकेपछि मानिस मरिहाल्छ भन्ने मनासय मानिसहरुले बनाइसकेका छन् । यसले पनि उनीहरुमा त्रासको वातावरण बढी भएको हो । मानिसहरुमा कोरोनाको त्रास व्याप्त भइरहेको बेला शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. अनुप बास्तोलाले कोरोना भाइरस लाग्दैमा मृत्यु भइहाल्ने कुरा गलत भएको बताएका छन् ।

मंगलबार काठमाडौंमा भएको पत्रकार सम्मेलनमा बोल्दै डा. बास्तोलाले कोरोना लाग्दैमा मान्छे मरिहाल्छ भन्नु भ्रम रहेको बताए । वैज्ञानिक तथ्यले कोरोना लागेका ८० देखि ८२ प्रतिशत मानिसहरु सामान्य रुघाखोकी लागेर केही दिनमै अस्पतालमा भर्ना नभई निको भएको देखाएको छ ।

अन्य व्यक्तिमा निमोनियाको लक्षणहरु देखा परी फोक्सोमा पानी जम्मा हुने, विभिन्न अंगहरुले काम गर्न छोड्ने भई मृत्यु हुने गरेको छ । प्रत्येक एक सय जना व्यक्तिमा कोरोनाको कारण २ देखि ३ जनाको मृत्यु भएको देखिएको डा. बास्तोला बताउँछन् ।

कोरोना लागेर मृत्यु हुने सबैभन्दा बढी ६० वर्षभन्दा माथिका दीर्घरोगी भएको र त्यसमा पनि मुटुरोग लागेकाहरु सबैभन्दा बढी भएको उनको भनाइ छ । त्यसपछि फोक्सोका रोगी, चिनि रोगी र क्यान्सर तथा अन्य रोगसँग लड्न सक्ने क्षमता कम भएका व्यक्तिहरुको मृत्य भएको बास्तोलाले बताए ।

‘६० वर्षभन्दा कम उमेरका मृत्यु हुने मानिसहरु निकै कम रहेका छन्, कोरोना लाग्ने बित्तिकै मर्छन् भन्ने भ्रम मानिसहरुमा छ, यसबाट कसैले डराउनु पर्दन’, उनले भने ।

अहिलेसम्म नेपालमा एक व्यक्ति बाहेक अन्यमा कोरोनाको संक्रमण देखिएको छैन । एक व्यक्तिमा भएको कोरोना पनि आफै निको भई बाँकी जाँच भएकाहरु सबैमा नेगेटिभ देखिएको छ ।

यस्तै, शुक्रराज ट्रपिकल अस्पतालमा भएका ५ जना व्यक्तिहरुको नतिजा केही घण्टामै आउने डा. बास्तोलाले बताए । हालसम्म विश्वमा कोरोना भाइरस संक्रमणका कारण ३ हजार १ सय २० को मृत्यु भईसकेको छ ।

संसारभरमा कोरोनाको संक्रमणमा ९३ हजार भन्दा बढि मानिसहरु रहेका छन् । जसमा चीनमा ८० हजार ५२, दक्षिण कोरीयामा ५ हजार १ सय ८६, ईटालीमा २ हजार ३६, ईरानमा १ हजार ५ सय रहेका छन् ।

डायमन्ड प्रिन्सेन सिपमा ७ सय ६ जना, जापानमा २ सय ७४, फ्रान्समा १ सय ९१, जर्मनीमा १ सय ६५ र स्पेनमा १ सय २० जना संक्रमित भएका छन् । हाल सम्म ४८ हजार २ सय ५३ जना कारोना लागेर पनि निको भइसकेका छन् ।

संक्रमणबाट बच्न नेपाल सरकारले समेत पूर्व सावधानी अपनाइरहेको छ । विमानस्थलदेखि अन्तर्राष्ट्रिय सीमा-नाकासम्म चेकजाँचको प्रबन्ध मिलाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सरकारी तयारी सँगसँगै सर्वसाधारण नेपालीले समेत कोरोना संक्रमणको त्रासबाट मुक्त हुन मानसिक तयारी गर्नुपर्ने डाक्टर बताउँछन् । डाटरहरुले कोरोनालाई लिएर बढी चिन्तित नहुन सुझाव दिएका छन् । जनस्वास्थ्य विज्ञ डा‍. रवीन्द्र पाण्डेको काेराेना हुन नदिन धेरै उपायहरु अपनाउन सकिने बताएका छन् ।

कसरी सावधानी अपनाउन सकिन्छ ?

– कोरोना कमजोर भाइरस हो । यसको संक्रमण सबैलाई हुँदैन । दीर्घ रोगी, वृद्धवृद्धा तथा अन्य रोगसँग लड्ने क्षमता नभएका केही व्यक्तिलाई मात्र यो संक्रमण सर्न सक्छ ।

– कोरोना सर्योन भनेपनि आत्तिनु पर्दैन । यसको मृत्युदर निकै कम छ । १०० जनालाई संक्रमण भयो भने २ देखि ३ जनाको मात्र मृत्यु हुनसक्छ । सामान्य रुघाखोकीले विश्वमा प्रत्येक वर्ष ४,५०,००० व्यक्तिको मृत्यु हुन्छ भन्ने तथ्य बिर्सनु हुँदैन ।

– कोरोना संक्रमणको औषधि छैन । तसर्थ उपचारमा धेरै खर्च हुँदैन । ज्वरो आए पारासिटामोल खाने, खोकी र सास फेर्न सजिलो हुने औषधि खाने, मनतातो झोलिलो खाना खाइरहने, आराम गर्ने, गाह्रो भएमात्र अस्पताल जाने ।

– कोरोना संक्रमण भएको १ व्यक्तिले औसत ३ देखि ६ जनालाई मात्र रोग सार्न सक्छ । तसर्थ कसैलाई संक्रमण भयो भन्दैमा सबै आत्तिनु पर्दैन ।

– कोरोनाविरुद्ध मानसिक रुपमा तयार हुनको लागि, भोलि शहर लक डाउन भयो भने सुरक्षित हुनको लागि २ ९३ महिनाको जोहो गर्दा राम्रो हुन्छ । जस्तैः नियमित खाने औषधि, अत्यावश्यक खाद्य पदार्थ, प्राथमिक उपचारका औषधि जस्तै – सिटामोल, रुघाखोकीको औषधि ।

– शहरमा संक्रमण तीब्र देखिन थालेमा गाउँ जानु उत्तम बिकल्प हो । गाउँमा कोरोना संक्रमण फैलिने सम्भावना एकदम न्यून हुन्छ ।

– विश्वासिलो मिडियाको मात्र समाचार पढ्ने, सुन्ने, विश्वास गर्ने बानी बसाल्दा अनावश्यक मानसिक दबाब झेल्नु पर्दैन ।

– बजारमा मास्कको अभाव छ । कोरोना संक्रमण रोक्नको लागि मास्कको भूमिका निकै कम छ । बराबर हात धुने, सफा रहने गर्यो् भने कोरोना संक्रमण सर्दैन । तसर्थ मास्क नपाएपनि डर मान्नु पर्दैन । मास्कभन्दा पंजा महत्त्वपूर्ण छ ।

– बजारमा ह्याण्ड स्यानिटाइजरको अभाव भएमा स्प्रिट–कपास, साबुनपानी आदिको प्रयोग गर्न सकिन्छ ।

– कोरोना संक्रमण फैलियो भने चिकित्सक, स्वास्थ्यकर्मी, सेना, प्रहरी लगायतले अस्पताल, चौर ९टेन्ट० आदिमा राखेर उपचार गर्छन् । विश्व स्वास्थ्य संघ, विदेशी स्वयंसेवी संस्था, विदेशी राष्ट्र लगायत धेरैको हामीले सहयोग गर्नेछन् ।

– कोरोना भाइरसको लागि गर्मी प्रतिकूल मौसम हो । हामीकहाँ गर्मी शुरू भएको छ । तसर्थ जाडोमा जस्तो छिटो फैलिने सम्भावना एकदम कम छ ।

– कोरोना भाइरसविरुद्ध खोप, औषधि आदिको अनुसन्धान भइरहेको छ ।

– क्यान्सरलाई त आत्मबलले जित्न सकिन्छ भने यो केवल रुघा हो । तसर्थ डराउनु पर्दैन ।

– यसको रोकथाम हाम्रो हातमा छ । भीडभाडमा नजाने, हात धोइरहने, विना काम घर बाहिर नजाने गर्दा ९०५ रोकथाम हुन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.