मृगौला फेल पारेकाे आशंकामा बजारमा २ औषधि प्रतिबन्ध

  २०७६ फागुन २० गते १२:२९     विकासन्युज

काठमाडौं । मृगौलामा असर गरेको आशंकामा बजारमा दुई औषधि बेच्न प्रतिबन्ध लगाईएको छ ।

औषधि व्यवस्था विभागले सुचना निकाल्दै ब्याच नम्बर ११८७३६० रहेको मेट्रिस (मेट्रोनिडाजोल) र ब्याच नम्बर १ एच ८२९३६ रहेको कम्पाउन्ड सोडियम ल्याकटेट इन्जेक्सन नामको औषधि बिक्री वितरण र प्रयोगमा रोक लगाएको हो।

यी ब्याचको औषधिहरुमा शंका लागेपछि विभागले अन’सन्धान थालेको छ ‍। अर्का सुचना नआएसम्म यो ब्याचको औषधिको बिक्री वितरणमा विभागले रोक लगाएको हो ।

फागुनको पहिलो साता ३ गर्भवती महिलाको शल्यक्रियामा यो औषधि प्रयोग गर्दा मृगौला फेल भएको नेपाल मेडिकल कलेज शिक्षण अस्पतालले प्रतिवेदन पेश गरेको पछि विभागले परिक्षणको लागि यो औषधिमा रोक लगाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.