ग्लोबल आइएमईले ल्यायो टपअप मुद्दती निक्षेप योजना, वार्षिक ९.७५ प्रतिशत व्याज पाइने

  २०७६ फागुन १९ गते १८:२९     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले निक्षेपकर्तालाई नियमित बचतको लागि उत्प्रेरित गरी उच्च प्रतिफल प्रदान गर्न ग्लोबल टपअप मुद्दती निक्षेप योजना संचालनमा ल्याएको छ । यस योजनामा न्यूनतम १० हजार रुपैयाँमा सहभागी हुन सकिने छ ।

जस अन्तर्गत व्यक्तिगत निक्षेपकर्ताले ६ महिनादेखि ६० महिनाको अवधि छनौट गरी वार्षिक ९.७५ प्रतिशतसम्म व्याज प्राप्त गर्न सक्नेछन् ।

साथै, यस योजनामा निक्षेपकर्ताले इन्टरनेट बैंकिंग वा मोबाइल बैंकिङ्ग मार्फत रकम ट्रान्सफर गरी उक्त समयावधीभित्र मौज्दात रकम थप गर्न सक्ने सुविधा समेत रहेको छ ।

ग्राहकहरुले आफूलाई पायक पर्ने नजिकको शाखा कार्यालयमा ग्लोबल टपअप मुद्धती खाता खोली यो योजनामा सहभागी हुन सक्नेछन् ।

हाल बैंकको २७० शाखा संजाल, २४९ शाखा रहित बैंकिङ्ग, ३४ एक्सटेन्सन काउन्टर र २५७ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.