आरएमडीसीद्वारा अपाङ्ग सेवा संघलाई सहयोग

  २०७६ फागुन १२ गते १८:१८     विकासन्युज

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले ललितपुरको अपाङ्ग सेवा संघलाई सहयोग स्वरुप नगद तथा खाद्य सामाग्री प्रदान गरेको छ । संस्थाले ललितपुरको बुङमती स्थित विभिन्न किसिमका अपाङगता भएका बालबालिकालाई आश्रय दिँदै आइरहेको उक्त संघलाई सो सहयोेग गरेको हो ।

आरएमडीसीका प्रमुख कार्यकारी अधिकृत ज्योति चन्द्र ओझाले अपाङ्ग सेवा संघका अध्यक्ष दया राम महर्जनलाई ७५ हजार रुपैयाँ बराबरको खाद्य सामाग्री र अपाङ्ग सेवा संघको नाममा ७५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

उक्त अवसरमा अपाङ्ग सेवा संघका अध्यक्ष महर्जनले यस प्रकारको सहयोगले उक्त संघलाई ठूलो राहत तथा हौसला मिलेको खुसी व्यक्त गर्दै आरएमडीसीलाई धन्यवाद दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.