एफएनसीसीआईको विधान संसोधनको जिम्मा नयाँ कार्यसमितिलाई

  २०७६ फागुन ११ गते १८:५७     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको विधान संशोधनको जिम्मेवारी अब आउने कार्यसमितिले पाएको छ ।

आइतबार बसेको महासंघको बैठकले अब आउने कार्यसमितिले विधान संसोधन गर्न पाउने निर्णय भएको हो । महासंघको साधारणसभा आगामी चैत २८ र २९ गते काठमाडौंमा हुने भएको छ । वर्तमान कार्यसमितिले महासंघको निर्वाचन मात्र गर्न पाउने छ ।

महासंघको ५४ औं साधरणसभाबाट अहिलेका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतस् अध्यक्ष हुनेछन्। महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष नै स्वत अध्यक्ष हुने व्यवस्था छ।

सो सभाले नयाँ नेतृत्व पनि चयन गर्दैछ । विधानअनुसार महासंघको बरिष्ठ उपाध्यक्ष आगामी कार्यकालको लागि स्वतः अध्यक्ष हुनेछन् ।

त्यसैकारण अहिलेका बरिष्ठ उपाध्याक्ष शेखर गोल्छा महासंघको आगामी कार्यकालको अध्यक्ष हुदैछन् ।  तर, चैतमा हुने अधिवेशनले गोल्छापछिको नेतृत्व पनि चयन गर्दैछ । चैतमा हुने महाधिवेशनले जसलाई बरिष्ठ उपाध्यक्ष बनाउनेछ, सो व्यक्ति नै गोल्छापछिको महासंघको अध्यक्ष बन्नेछ ।

निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था भएको कारण पनि महासंघको नेतृत्वका बारेमा चासो र सरोकार हुनु स्वभाविकै हो । सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर कार्यान्वयन गर्ने अधिकांश काममा महासंघको संलग्नता हुने भएकोले पनि यसको महत्व धेरै छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.