घुस रकम सहित सब इन्जिनियर रंगेहात पक्राउ

  २०७६ फागुन ६ गते ९:५१     विकासन्युज

काठमाडौं । विपद व्यवस्थापन विभाग काठमाडौंका सब इन्जिनियर गणेश ठकुल्लालाई प्रहरीले पक्राउ गरेको छ । घर भुकम्पको कारण भत्किएकोमा घर निर्माण सम्पन्न गरी दोस्रो र तेस्रो किस्ताको रकम निकासा गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले निज गणेश ठकुल्लालाई बीस हजार लिइसकेको अवस्थामा उक्त रकमसहित का.म.न.पा ११ स्थित जिल्ला समन्वय समितिको क्यान्टिनबाट नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.